कालेबुङ बोङ बस्ती अवस्थित गणेश हाइ स्कूलमा स्मार्ट क्लासको गरियो आरम्भ।

केन्द्र सरकारको सहयाेगमा राज्यको शिक्षा बिभाग द्वारा धन राशि आवन्तन गराए शिक्षालाई आधुनिक दिशामा अघि बढाउन विद्यार्थीहरूमा पढाईमा रुचि बढाउन सुक्रबार अद्घटान गरिएको हो।
स्कूलका मनेगिङ कमिटिका उपाध्यक्ष सन्तोष दाहालको बाहुलीबाट क्लास रुमको उद्घाटन गरियो। उद्घाटन कार्यक्रम मा स्कूलका प्रधान अध्यापक हेम कान्त भण्डारी लगायत स्कूलका शिक्षक गण सरस्वती निम्न बुनियादी स्कूल गैरी गाउँ निम्न बुनियादी स्कूल बोँग बुनियादी स्कूल लगायत ब्राइट लाइफ अकादमी लगायत अन्य विभिन्न स्कूलका विद्यार्थीहरु शिक्षक गणको उपस्थिति रहेको थियो। शिक्षक सुराजमनी प्रधानले संचालन गरेको कार्यक्रममा शिक्षकहरूले यसको प्रदर्शन गरेर देखाएका थिए। विद्यार्थीहरूमा पढाइको निम्ति उत्साह थप्न यसले सहयाेग पुगेको बताइएको छ।यो प्रवृदिमा शिक्षकले पढाउँदा त्यसको भिडियो पनि देखाउन सक्ने छन् जसले गर्दा विद्यार्थीहरूमा स्मरण गर्न सहज हुने छ। कूनै पनि वस्तुको विषय वस्तु सुनेको भन्दा त्यसको वेडियो लाइजसन गर्दा मानस पट मा ठिटो र दीर्घ म्यादी रुपमा याद रहन्छ। कालेबुङको चार वटा बिद्यालय पछि गनेश स्कूलमा दुई वटा स्क्रीन जडान गरेर एको माध्यमले क्लास संचालन गरिने भएको छ। शिक्षकहरुले पढाएको विषय लाई स्क्रीन मा रेकर्ड पनि गर्न अनि विद्यार्थीहरुलाई पठाउन पनि मिल्ने हुन्छं। शिक्षा विभागले यसको विषसूचीमा पाठ्य क्रम समावेश गरिएको भएता पनि विषयमा शिक्षकले आफ्नो विषय वस्तु समावेश गर्न पनि सक्ने छन्।यो विद्यालयको निम्ति ठूलो उपलब्धि रहेको र यसको निम्ति शिक्षा बिभाग प्रति प्रधान अध्यापक हेम कान्त भण्डारी ले बताएका छन्।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *