के रातभर फोन चार्जमा राख्दा ब्याट्री बिग्रन्छ ?

के रातभर फोन चार्जमा राख्दा ब्याट्री बिग्रन्छ ?

आफ्नो फोनलाई सुत्नुअघि चार्जमा लगाउनु सामान्य बानी जस्तो लाग्न सक्छ । जसले गर्दा बिहानसम्म फोन फुल चार्ज भएको हुन्छ । तर के रातभर फोन चार्जरमा राख्दा ब्याट्री बिग्रन्छ त ?

छोटो जवाफ हो, बिग्रिन्न । आफ्नो फोनलाई सधैँ चार्जरमा जोड्दा ब्याट्री खराब हुँदैन । आधुनिक स्मार्टफोनहरू स्मार्ट चार्जिङ सिस्टमसहित निर्मित हुन्छन्, जसले ब्याट्री फुल चार्ज भएपछि पावरलाई काट्छ वा कम गर्छ ।

यसले गर्दा पुरानो उपकरणहरूमा हुने जस्तो ओभरचार्जिङ ड्यामेजलाई रोक्छ । त्यसैले यदि तपाईँले आफ्नो आईफोन वा एन्ड्रोइडलाई रातभर चार्जरमा छोड्दै हुनुहुन्छ भने तपाईँ चिन्तामुक्त हुन सक्नुहुन्छ ।

ब्याट्री क्षयीकरण पछाडिको विज्ञान

‘ब्याट्री खराब हुँदैन’ भन्नुको अर्थ यसले कुनै असर गर्दैन भन्ने चाहिँ होइन । ब्याट्रीहरू स्वाभाविक रूपमा यसको समय र प्रयोगसँगै क्षयीकरण हुँदै जान्छन् र तपाईँले कसरी चार्ज गर्नुहुन्छ भन्ने कुराले पनि यो प्रक्रियाको गतिमा भूमिका खेल्छ ।

ब्याट्रीको स्वास्थ्य भन्नाले यसले भोल्टेज, तापक्रम र मर्मत-सम्भार (maintenance) लाई कसरी व्यवस्थापन गर्छ भन्ने कुरा हो । लिथियम-आयन ब्याट्रीहरू जब चरम स्तर ०% र १००% मा पर्छन्, तब तिनीहरू सबैभन्दा छिटो पुरानो हुन्छन् ।

ब्याट्रीलाई लामो समयसम्म फुल चार्जको नजिक राख्दा क्याथोड (cathode) र इलेक्ट्रोलाइट (electrolyte) मा अतिरिक्त भोल्टेज दबाब (additional voltage stress) पर्छ ।

वास्तविक शत्रु: ताप (Heat)

ब्याट्री दीर्घायुको लागि सबैभन्दा ठुलो खतरा अत्यधिक चार्ज होइन, बरु ताप हो । जब तपाईँको फोन चार्जरमा जोडिएको हुन्छ र साथसाथै एप (demanding apps) चलिरहेका हुन्छन्, यसले ताप उत्पादन गर्छ । जसले ब्याट्री भित्रको रासायनिक क्षयीकरणलाई बढावा दिन्छ ।

गेमिङ गर्ने, स्ट्रिमिङ गर्ने वा चर्को घाम लागेको बेला चार्ज गर्ने जस्ता गतिविधिले उत्पन्न गर्ने अतिरिक्त तापले रातभर केबुल जोडिएको छोड्नुभन्दा धेरै हानि गर्छ ।

चार्ज गर्दा प्रत्यक्ष सूर्यको प्रकाशमा, कारमा वा तकिया मुनि फोन छोड्दा तापक्रम असुरक्षित तहमा पुग्न सक्छ । सस्तो, अनधिकृत केबुल वा एडप्टरको प्रयोगले पनि अस्थिर करेन्ट (unstable current) प्रदान गर्न सक्छ, जसले सेलहरूमा दबाब दिन्छ ।

ब्याट्री सुरक्षाका लागि निर्मित स्मार्ट सुविधा

आधुनिक फोन निर्माताहरूले ब्याट्रीको क्षयीकरणलाई सुस्त बनाउन सफ्टवेयर सुविधाहरू समावेश गरेका छन् । एप्पल आईफोनमा अप्टिमाइज्ड ब्याट्री चार्जिङ (Optimized Battery Charging) सुविधा प्रयोग गरिन्छ ।

यसले प्रयोगकर्ताको दैनिक दिनचर्या सिक्छ र तपाईँले सामान्यतया डिसकनेक्ट गर्नुभन्दा ठिक अघिसम्म चार्जलाई लगभग ८० प्रतिशतमा रोक्छ । यसले ब्याट्रीलाई हाई भोल्टेजमा बस्ने समय कम गर्छ ।

एप्पलले डिभाइसहरूलाई ० देखि ३५ डिग्री सेल्सियस (३२ देखि ९५ डिग्री फरेनहाइट) बीचमा राख्न र ताप कम गर्न चार्ज गर्दा केही केसहरू हटाउन पनि सल्लाह दिने गर्छ । सामसङ र एन्ड्रोइडले ब्याट्री प्रोटेक्ट (Battery Protect) नामक समान सुविधा प्रदान गर्दछ, जुन ब्याट्री एन्ड डिभाइस केयर (battery and device care) सेटिङमा पाइन्छ ।

यो इनेबल हुँदा, यसले लामो चार्ज सेसनहरूमा दबाब कम गर्न चार्जलाई ८५% मा सीमित गर्दछ । गुगल, वनप्लस र साओमी जस्ता अन्य एन्ड्रोइड निर्माताहरूले पनि एडप्टिभ चार्जिङ (Adaptive Charging) वा अप्टिमाइज्ड चार्जिङ (Optimized Charging) जस्ता विकल्पहरू समावेश गरेका हुन्छन् ।

जसले तपाईँको बानीको आधारमा पावर डेलिभरीलाई ढिलो गर्छ वा चार्जलाई सीमित गर्छ । यी प्रणालीहरूले विस्तारित अवधिको लागि फोन प्लग इन गर्ने बानीलाई सुरक्षित बनाउँछन् ।

कसरी गर्ने सही तरिकाले चार्जिङ ?

आफ्नो बानीमा केही साना परिवर्तन गर्दा ब्याट्रीको आयु बढाउन मद्दत गर्न सकिन्छ । आईफोनमा अप्टिमाइज्ड ब्याट्री चार्जिङ (Optimized Battery Charging), सामसङमा ब्याट्री प्रोटेक्ट (Battery Protect) वा गुगल पिक्सेलमा एडप्टिभ चार्जिङ (Adaptive Charging) जस्ता फोनका अन्तर्निर्मित अप्टिमाइजेसन टुल इनेबल (सक्रिय) गर्नुहोस् ।

चार्ज गर्दा फोनलाई चिसो राख्नुहोस् । एप्पलका अनुसार फोन ब्याट्रीहरूले १६ देखि २२ डिग्री सेल्सियस (६२ देखि ७२ डिग्री फरेनहाइट) बीचमा सबैभन्दा राम्रो पर्फर्मेन्स दिन्छन् । यदि फोन तातो भयो भने त्यसको केस हटाउनुहोस् वा यसलाई राम्ररी हावा चल्ने ठाउँमा सार्नुहोस् ।

फोन निर्माता वा विश्वसनीय ब्रान्डका गुणस्तरीय चार्जर र केबुलहरू प्रयोग गर्नुहोस् । लिथियम-आयन ब्याट्रीहरू वास्तवमा गहिरो (deep), पूर्ण चक्रको सट्टा बारम्बार र कम गहिरो चार्ज सुहाउँछ ।

साभार लेख : टेकपानाबाट

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *