कोहिमा हाईस्कुल खेलमैदानको स्थिति निराशाजनक

हाईस्कुल खेलमैदानको स्थिति निराशाजनक

कोहिमा /हाईस्कुल खेलमैदानको स्थिति निराशाजनक हाईस्कुल खेलमैदानको स्थिति अत्यन्त निराशापुर्ण रहेको र पानी परेको बेला भने अझै गम्भीर रहेको समाचार प्राप्त भएको छ ।प्राप्त समाचार अनुसार उक्त खेलमैदानको रखरखाव भने समय अनुसार सरकारले सहयोग नगरेको कुरा पनि सामने आएको छ ।केही प्रत्यक्षदर्शीले बताए अनुसार सरकारले आउने दिनहरुमा अन्य खेलमैदान सरह यसको पनि पुनर्निर्माण र आधुनिक रूपमा विकसित गर्नुपर्ने कुरा गरेका छन ।उनीहरूले अगाडी बताए कि आज सरकारले सा-सानो ठाउमा खेलमैदानको निर्माण गर्दै आएकोले यसको पनि पुनर्निर्माण गरिनु पर्ने र प्रयाप्त रूपमा धनराशि खर्च गरेर काम अगाडी बढनुपर्ने कुरा गरेका छन ।उनले अगाडि भने कि विशेष गरेर पानी परेको समयमा भने गम्भीर रहेकोले गर्दा दुर्घटना हुन सक्ने कुरा पनि गरेका छन ।हेर्दै जाउ सरकारले कहिले सम्म हाईस्कुल खेलमैदानको स्थितिमा सुधार गर्ला त्यो त आउने भविस्यले बताउला ।

–डा हरिमोहन पोखरेल कोहिमा नागाल्याण्ड भारत

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *