चुनाउलाई केन्द्र गर्दै भावी रणनीति तयार पार्न सिङलिङमा एसकेएम पार्टीको सभा सम्पन्न

सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सोरेङ-च्याखुङ समष्टिमा आगामी उप-चुनाउलाई केन्द्र गर्दै चुनावी रणनीति तयार पार्न समन्वयक सभा सम्पन्न भयो। सिङलिङस्थित एसकेएम उम्मेदवार आदित्य गोलेको निवास स्थानमा सम्पन्न सभामा सोरेङ-च्याखुङको लागि पार्टीद्घारा मनोनीत चुनाउ प्रचार समितिका समन्वयक तथा विधायक सञ्जित खरेलको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा चुनाउ प्रचार समितिका समन्वयक तथा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मन्त्री छिरिङ ठेन्डुप भोटिया, विधायक सुदेश कुमार सुब्बा, विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, उम्मेदवार तथा पूर्व विधायक आदित्य गोले, पार्टीका विभिन्न प्रकोष्ठको पदाधिकारीगण, पार्टीका जिल्ला कार्यकरणी समिति, सीएलसी अध्यक्ष भानु सुब्बा, सोरेङ-च्याखुङ समष्टिका जिल्ला अनि ग्राम पञ्चायतगण र पार्टीका सक्रिय कार्यकर्ताहरुको उपस्थिति थियो।

समन्वयक सभामा उपस्थित पार्टीका शीर्ष कार्यकर्ताहरुले आगामी उप चुनाउलाई लिएर रणनीति तयार पार्न विस्तृत रूपमा परिचर्चा गर्दै सोरेङ-च्याखुङ समष्टिमा उम्मेदवारको रूपमा पूर्व विधायक आदित्य गोलेलाई पुण: उम्मेदवार बनाएर पठाइदिएकोमा सर्वप्रथम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोले साथै संसदीय बोर्डलाई सभामा कृतज्ञता प्रकट गरियो। उप चुनाउमा एसकेएम पार्टीको जीत निश्चित रहेता पनि पार्टीलाई भारी मतले विजयी हासिल गराउनको निमित्त भावी रणनीति बनाइएको चुनाउ प्रचार समितिका समन्वयक एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले बताए। लोकतन्त्रको ठूलो पर्व चुनाउलाई एसकेएम पार्टीले जहिल्यै पनि गम्भीरतापूर्वक लिने गरेको बताउँदै सभाध्यक्ष विधायक सञ्जित खरेलले उपस्थित सबैलाई उर्जा भर्दै हामी पार्टी कार्यकर्ताहरु एक भएर चुनावी मैदानमा उत्रिनु पर्छ भने।

विधायक खरेलले अघि भने, गत चुनाउ भन्दा अझै ज्यादा मत अन्तरले पार्टीको उम्मेदवारलाई जीत हासिल गराउनुपर्छ। पार्टी अध्यक्षले पार्टी कार्यकर्ताहरुलाई दिएको दाहित्व र दिशानिर्देशलाई अनुपालन गर्दै चुनाउमा उत्रिनुपर्छ। म पनि सोरेङ-च्याखुङ समष्टि मै ब्यक्तिगत रूपमा यहीँ बसेर कार्यकर्ताहरुसँग चुनाउ प्रचारप्रसार गर्नेछु। सोरेङ-च्याखुङ समष्टिवासीले आदित्य गोले जस्तो युवा नेतालाई उम्मेदवारको रूपमा पाउनु भाग्यको कुरा हो। चुनाउ प्रचारप्रसारको निम्ति समय तालिका चाडै बनिने पनि विधायक खरेलले बताएका छन्। सभामा पार्टीका शीर्ष कार्यकर्ताहरुले चुनाउ विषयमाथि आ-आफ्नो सुझाव र सल्लाह पनि राखेका थिए।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *