जोर्थाङमा यस वर्षदेखि सन्ध्या आरती प्रारम्भ हुँदै ।

जोर्थाङमा यस वर्षदेखि सन्ध्या आरती प्रारम्भ हुँदै ।


आउँदो माघे मेलामा सम्माननीय मुख्यमन्त्रीले गर्नुहुनेछ शिलान्यास ।

जोर्थाङमा यस वर्षदेखि सन्ध्या आरती प्रारम्भ गरिने भएको छ। सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको परिकल्पनामा आयोजना गरिने यस आरतीका लागि आउँदो माघे सङ्क्रान्तिको अवसर पारेर मुख्यमन्त्रीद्वारा शिलान्यास गरिने भएको छ। आध्यात्मिक महत्तवलाई बढावा दिन र राज्यमा सुख, शान्ति अनि समृद्धि कायम राख्नका लागि मुख्यमन्त्रीद्वारा यो पहल गरिएको हो। यस अघिदेखि नै लेग्सेप किराँतेश्वर धाम परिसरमा गङ्गा आरती पनि आयोजना हुँदै आएको छ, जो मुख्यमन्त्री श्री तामाङद्वारा नै शुरुआत गरिएको थियो। जोर्थाङमा हुने सन्ध्या आरतीको शिलान्यासका लागि आज जुम सालघारी समष्टिका विधायक तथा राज्य सरकारका सल्लाहकार मदन सिञ्चुरीको नेतृत्तवमा रहेको एउटा टोलीले स्थलगत निरीक्षण गरे। टोलीमा महकुमा अधिकारी, विभागका प्रतिनिधिहरू साथै एनएचपीसी अध्यक्ष निमा शेर्पा लगायत अन्य सामेल थिए। उनीहरूले शिलान्यास समारोहलाई सफल र प्रभावकारी बनाउन विशेष जोड़ दिँदै तयारी कार्यको जायजा लिए। आउँदो माघे सङ्क्रान्तिको उद्घाटनीय अवसरमा सन्ध्या आरतीको पनि विधिवत गरिनेछ भने यसमा विभिन्न श्रद्धालुहरूले भाग लिएर आध्यात्मको अमृत ग्रहण गर्न सक्नेछन्।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *