पाकिम जिल्लाको डोङरङ (बिरिङ) क्षेत्रमा हिजो अपराह्न सिकार खेल्ने क्रममा एक व्यक्तिको आफ्नै साथीको हातबाट हत्या भएको घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ। प्राप्त माहितिअनुसार सिकारका क्रममा चलाइएको खन्दुवा बन्दुकबाट गोली लाग्दा साथीको मृत्यु भएको हो।

घटना पछि डर र तनावमा परेका सिकारी आफैं पाकिम पुलिस स्टेसन पुगेका थिए र आत्मसमर्पण गरेका छन्। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ र बन्दुक कसरी र किन चल्यो भन्ने विषयमा तथ्य संकलन भइरहेको छ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन्।
