ताक्छाङमा युग पुरुष नरबहादुर भण्डारीको 84 औं जन्मजयन्ती पालन

म मरे पनि मेरो जन्मभूमि सिक्किम बाँची रहोस् यो भनाई स्वर्गीय नरबहादुर भण्डारीको हो

उनै युग पुरूष स्वर्गीय नरबहादुर भण्डारीको ८४ औं जन्मजयन्ती आज पाकिम जील्लाको ताक्छाङ गाउँमा स्थापित कला एवम् साहित्य विकास परिषदले ताक्छाङ प्राथमिक पाठशालाको प्रेक्षालयमा सम्पन्न गर्यो ।

कार्यक्रम अवधि अम्बा ताजा क्षेत्र स्तरीय जील्ला पंचायत डाक्टर शुभद्रा दंगाल प्रमुख अतिथीका रुपमा उपस्थित थिइन् ।

यसैगरी विशिष्ट अतिथिहरुमा स्थानीय पंचायत श्रीमान् निलकण्ठ दंगाल, सेवानिवृत्त शिक्षक एवम् साहित्य प्रेमी दिलिप अधिकारी, पुष्पाञ्जलि विद्यालय मामरिङका प्राधानाचार्य श्री पि पि लुइँटेल रहेका थिए ।

यसैगरी स्थानीय नागरिक, गाउँका जेष्ठ नागरिक , स्थानीय भेकका विभिन्न तहमा अध्ययनरत विद्यार्थी एवम् परिषदका सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ‌।

कार्यक्रममा पुष्पाञ्जलि विद्यालय मामरिङ र तारेथाङ माध्यमिक विद्यालयका स-साना विद्यार्थी नानीहरू द्वारा
साँस्कृतिक नृत्य पनि मनचन गरिएको थियो ।

कविता वाचन- रोशनी बास्तोला, मुक्ति घिमिरे, पूजा छेत्री, दिलिप अधिकारी , जानवी घिमिरे आदिले स्वरचित कविता प्रस्तुत गरेका थिए भने क्षितिज दंगालले एकल गीत प्रस्तुत गरि उपस्थित जमातलाई आकर्षित गरेका थिए ।

कार्यक्रम अवधि आमन्त्रित अतिथिहरुलाई स्मृति चिन्ह प्रदान गरिएको थियो ।
गाउँमा हुने सम्पुर्ण कार्यक्रममा आफ्नो उपस्थिती जहिले पनि रहने अठोटका साथ नव गठित संस्थालाई भरमग्दुर सहयोग पुर्याउने आजकी मुख्य अतिथिले आफ्नो मन्तव्यका क्रममा बताईन् ।

संस्थाका अध्यक्षले स्वागत मन्तव्य साथै कार्यपत्र प्रस्तुति गरेका थिए भने कार्यक्रम संचालन कला एवम् साहित्य विकास परिषदका महासचिव रुद्र प्रसाद दुलाल ले गरेका थिए ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *