नागाल्याण्ड राज्यको कोहिमा जिल्लाभित्र हिजो रातीबाट निरन्तर रूपमा पानी परेकोले चिसो बढेको छ

कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा जिल्लाभित्र हिजो रातीबाट निरन्तर रूपमा पानी परेकोले चिसो बढेको समाचार छ ।
मौसम विभागबाट प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म निरन्तर रूपमा पानी पर्ने र चीसोको मात्रामा अधिक वृद्धि हुने कुरा छ ।
विभागले अगाडि जनाए अनुसार यस चीसोको समयमा भने बालबच्चा एवं वयोवृद्धहरुलाई धेरै ख्याल राख्नु पर्ने कुरा पनि गरेको छ ।
मौसम विभागले अगाडि थपे अनुसार चीसोको समयमा पानी पर्नाले खरीफको फसल भने राम्रो हुने र खेतीवालाहरुलाई भने खुबै फाइदा हुने छ ।
मौसम विभागले अगाडि जानकारी दिए अनुसार चीसोबाट बाच्नको लागि आफुले सक्दो पाइला उठाउनु पर्ने र जनजीवन भने नोक्सान हुनुबाट बाच्नुपर्ने छ ।
स्मरण रहोस गत केही दिन देखि छिटफुट बारिस कोहिमामा नपरेको होइन तर हिजो रातिबाट परेको पानीले भने अर्को रुप लिएको छ ।जसले गर्दा चीसो धेरै नै छ ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *