नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमा शहर पानीले भरियाे ।

कोहिमा शहर पानीले भरिएको खबर छ

कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमा शहर पानीले भरिएको समाचार छ ।
प्राप्त समाचार अनुसार केही दिन अधि करीब एक घन्टा निरन्तर रूपमा पानी पर्दा कोहिमा शहरका विभिन्न ठाउमा पानी भरिएको र आवतजावत निकै विघ्न बाधा आएको प्रत्यक्षदर्शीले बताएका छन ।
सन् २०२० मा कोहिमा शहर भने smart cityको रूपमा चयनित भएको हो ।त्यस पछी सहरमा विभिन्न प्रकारको विकासमुलक काम भन्ने हुँदै आएका हुन ।फेरि पनि शहरीकरणको प्रक्रियामा सिवरको उचित व्यवस्थापन नगरेकोले गर्दा केही मात्रामा पानी पर्ने साथ शहरमा पानी भरिने गर्दछ।
पानी धेरै मात्रामा भरिएको देखेर एक जना प्रत्यक्षदर्शीले बताए कि सरकारको minor irrigation &flood control departmentले समयमा नालाको उचित सरसफाइ गरेको भए आज यो दुख हुने थिएन ।सरकारले सजग हुनु अति आवश्यक देखिन्छ ।
अर्को एकजनाले बताए कि सरकारले समयमा काम लगाएर उचित लगानी गरेपो राहत पाइने हो ।त्यसमा हामी जनता कराएर काम छैन ।सरकार सुतेको कुरा बुझिन्छ ।
संबंधित विभागका एक जना अधिकारी संग सम्पर्क गर्दा पाएको समाचार अनुसार शहरका केही drainहरुको सरसफाई भने बाकी रहेकोले गर्दा आपत आएको कुरा गरे ।आउने भविष्यमा भने सबै ठिक हुने कुरा उनले गरे ।
हेर्दै जाउ कहिले सम्ममा कोहिमाको हालतमा सुधार होला त्यो त आउने भविष्यनै बताउला।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *