नेपालका वरिष्ठ कवि तथा छन्दविद प्रा०डा० देवी नेपालसंग साहित्य सुनाैं परिवारकाे साहित्यिक भेटघाट

गत: 26 अक्टुबर 2026 काे दिन नेपालका बरिस्ठ कविवर , प्रखर समालाेचक ,छन्दविद तथा भूतपूर्व प्राज्ञ नेपाल प्रज्ञा प्रतिष्ठानका प्रा० डा० देवी नेपालसहित उनका दुई कवि छाेरीहरू अनुज्ञा नेपाल र प्रविज्ञा नेपाल साथै डा० नेपालका धर्मपत्नी टीका नेपालसंग साहित्य सुनाैं परिवार मिरिकका सदस्यहरूले संस्थाका सह सचिव अजम प्रधानकाे घरमा साहित्यिक भेटघाट गरेकाे जानकारी पाइएकाे छ ।उक्त भेटघाटमा साहित्य सुनाैं परिवारकाे तर्फबाट अध्यक्ष अमर दुङमाली,सह सचिवद्वय अजम प्रधान र गणेश बराईली,आन्तरिक जाँचक अर्जुन प्रधान साथै सदस्य जगत भणडारीले सहर्दपुर्ण भेटघाट गरेर नेपाल र दार्जिलिङ क्षेत्रकाे साहित्यिक गतिविधिबारे चर्चा गरेकाे जान्नमा आएकाे छ ।

अजम प्रधानले संचालन गरेकाे उक्त भेटघाट कार्यक्रमकाे क्रममा प्राडा देवी नेपाल र उहाँका परिवारका सदस्यहरूलाई साहित्य सुनाैं परिवार मिरिककाे पक्षबाट खदा-माला लगाई मिरिकमा न्यानाे स्वागत जनाईयाे । उक्त साहित्यिक भेटघाटकाे क्रममा प्राडा देवी नेपालले भारतीय नेपाली साहित्यकारहरू र नेपालका साहित्यकारहरूबीचमा समय समयमा संयुक्त रूपमा साहित्यिक कार्यक्रमहरू भईरहे साहित्यिक श्रष्टाहरूमाझ आन्तरिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।उन भने म मिरिक साहित्य सुनाैं परिवारसंग मित्र अजम प्रधानकाे माध्यमबाट स्व० कवि कमला राई गुरूमा संस्थाकाे अध्यक्ष हुदाँदेखि नै जाेडिने माैका पाएकाे छु ।मिरिकमा आउँदा म आफ्नाे घर नेपालमा नै छु जस्ताे लाग्छ ।केही वर्षअघि मिरिककाे एउटा साहित्यिक कार्यक्रममा वरिष्ठ साहित्यकार स्व० नरबहादुर दाहालले उठाउनु भएकाे कुरा स्मरण गर्दै – नेपालले त हामी भारतीय नेपाली साहित्यकारहरूलाई चिन्दैन ,काे मर्याे काे बाच्याे उनीहरूलाई मतलबै हुदैन भन्ने कुराले उनकाे मनमा गहिराे आघात पुगेकाे महशुस गरेर उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ हुँदा सबैभन्दा पहिले त्यसवखतका नेपाल प्रज्ञा प्रतिष्ठान टीमले नेपालसंगै भारत,भुटान,बंगला देश, म्यानमारसम्मका नेपाली साहित्यकारहरूकाे परिचयपत्र बनाएर नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरक्षित राखेकाे कुरा पनि जानकारी गराए ।यसकाे साथै नेपाल प्राज्ञ बृहत् शब्दकाेषमा दार्जिलिङ क्षेत्र र सिक्किममा बाेलिने तथा दैनिक प्रयाेग गरिने साेह्र हजार नेपाली शब्दहरू पनि नयाँ नेपाली बृहत् प्राज्ञ शब्दकाेशमा राखेकाे जानकारीपनि गराउनु भयाे ।

यसरी भारतीय नेपाली साहित्य र नेपालकाे नेपाली साहित्यलाई एकाअर्कामा जाेड्ने प्रयास गरेकाे पनि जनाए ।यसै भेटघाटमा उनकाे चर्चित कविता ” गुरू” र हिब्रु भाषामा अनुवादित “चरा” कविता पनि सुनाउनु भयाे ।यसै भेटघाटमा साहित्य सुनाैं परिवारकाे पक्षबाट अर्जुन प्रधानले कविता अनि जगत भण्डारीले दुइवटा मुक्तक सुनाए ।साहित्यिक भेटघाटकाे क्रममा सासुपका अध्यक्ष अमर दुङमालीले नेपालसंग साहित्य सुनाै परिवारकाे साहित्यिक मिलन भईरहेकाेले नेपाली साहित्यिक क्षेत्रमा साहित्यप्रति अझ धेरै लगाउ श्रष्टाहरूमा भएकाे र भविष्यमा नेपाली साहित्यकाे ढुकुटी भर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

साहित्यिक भेटघाटकाे क्रममा साहित्य सुनाै परिवारकाे पक्षबाट अध्यक्ष अमर दुङमालीकाे बाहुलीबाट साहित्य सुनाै परिवारकाे मुखपत्र ” सन्दुक”काे पहिलाे र दाेस्राे अङ्क साथै अमर दुङमालीद्वारा सम्पादित “प्रवाह” पत्रिकाकाे दुईवटा अङ्कपनि प्रा०डा० देवी नेपाललाई उपहार स्वरूप प्रदान गरे भने संस्थाका सह सचिव गणेश बराईलीले हालै प्रकाशित भएकाे नियात्रा कृति ” अनुभुतिका पलहरू” साथै अन्य किताबहरू प्रा०डा० देवी नेपाललाई उपहार स्वरूप प्रदान गरे भनी साहित्य सुनाैं परिवार मिरिकका सह सचिव अजम प्रधानले जनाएका छन्।

By Admin_Pratibeemba

Leave a Reply

Your email address will not be published. Required fields are marked *