पहाडमा नयाँ राजनैतिक दल “इन्डियन गोर्खा जनशक्ति फ्रन्ट”-को भयो उदय
गोर्खाल्याण्डको लागि म आफैलाई आहुति दिनु तयार छु: अजय एडवाडर्स
दार्जीलिङ पहाडमा नयाँ राजनैतिक पार्टीको उदय भएको छ। आज दार्जीलिङको जिमखाना हलबाट नयाँ राजनैतिक दल इन्डियन गोर्खा जनशक्ति फ्रन्टको औपचारिक घोषणा गरिएको हो।

इन्डियन गोर्खा जनशक्ति फ्रन्टको मूल मुद्दा अलग राज्य गोर्खाल्याण्ड रहेको पार्टी संयोजक अजय एडवाडर्सले बताएका छन्।दार्जीलिङको जिमखाना हलबाट इन्डियन गोर्खा जनशक्ति फ्रन्ट आज राजनैतिक पार्टीको रूपमा उदय भएको छ। नयाँ राजनैतिक दलको घोषणा भएको सभामा अजय एडवाडर्स, पूर्व आईपीएस अधिकारी नर्बु घिसिङ, प्रदीप प्रधान, महेन्द्र छेत्री,एन.बी. खवास, प्रकाश गुरुङ, शारदा राई सुब्बा आदि उपस्थित रहेका थिए। सभाको मञ्चबाट नेतृत्वहरूले इन्डियन गोर्खा जनशक्ति फ्रन्टको घोषणा र पार्टीको झन्डा सार्वजनिक गरेपछि पार्टी संयोजक अजय एडवाडर्सले इन्डियन गोर्खा जनशक्ति फ्रन्टको मूल मुद्दा अलग राज्य गोर्खाल्याण्ड रहेको बताए।
“2017 को आन्दोलनपछि दार्जीलिङ पार्वतीय क्षेत्रमा गोर्खाल्याण्ड भन्न समेत सकेका थिएनन् तर अब गोर्खाल्याण्ड शब्दको उच्चारण गर्न तपाईँहरूलाई कसैले रोक्न सक्दैनन्। तपाईँहरू निर्धक्कसँग गोर्खाल्याण्ड भन्नु होस् , गोर्खाल्याण्ड भन्न तपाईँहरू नडराउनु होस् ” एडवर्डले भने।
विगतका दिनमा गोर्खाल्याण्ड,को नाममा हाम्रै जातिलाई पिरोल्ने काम गरेको थियो, गोर्खाल्याण्डको नाममा हाम्रै मान्छेहरूलाई सामाजिक बहिष्कार गरिएको थियो भन्दै गोर्खाल्याण्डको नाममा अब हाम्रो मान्छेहरूलाई विस्थापित गर्ने कार्यहरू गर्न नहुने पनि अजय एडवर्दले आह्वान गरे।
उनले गोर्खाल्याण्ड कसैको निजी सम्पत्ति होइन भन्दै आफुहरू उन्मुक्तिको निम्ति एकबद्ध भएका हौँ भने।
“हामी गोर्खाहरू लथालिङ्गै,भताभुङगै भएका छौ यी सबै विषयहरूलाई सँगालेर अधि लैजान हामी कार्य नीति एवं भावी योजनाहरू आगामी 30,40 दिनभित्रमा सार्वजनिक गर्ने पनि अजय एडवर्डले बताए।अजय एडवाडर्सले अधि भने हाम्रो जातिलाई मात्र होइन तर हाम्रो जमिनलाई पनि टुक्रा टुक्रा बनाएको छ,हामी देश स्वाधीन हुन अधि नै आएका हौ,यहाँको हरेक जमिन हाम्रो हो तर हाम्रो जमिन हामीलाई नै पाँच डेसिमल थोप्ने कार्यहरू भई रहेको छ।इन्डियन गोर्खा जनशक्ति फ्रन्टले चियाबारी,सिन्कोनाबारीको विषयमाथि पनि इमानदारिता पूर्वक काम गर्नेछ। चिया श्रमिकहरूको 250 रुपियाँ दैनिक मजदुरीलाई अब हामी स्विकार्ने छैनौ,मिनिमम वेजेस लागू गर्न पर्छ। त्यसरी नै सिन्कोनाबारी मा पनि मिनिमम वेजेस लागु गरिएको छैन,त्यहाँ पनि मिनिमम वेजेस लागु गरिनु पर्छ।छुट्टै राज्य गोर्खाल्याण्ड को निम्ति हामी हाम्रो ज्यान दिनु तयार छौ भने चियाबारी र सिन्कोनाबारीको विषयको निम्ति पनि हामी हाम्रो प्राणको आहुति दिनु तयार छौ संयोजक एडवाडर्सले भने।यति ताखिक म गोर्खाल्याण्ड ल्याउँछु भनेर घोषणा गर्न सक्दिन तर गोर्खाल्याण्डको लागि म आफैलाई समर्पित गर्न सक्छु,गोर्खाल्याण्डको माग गर्दा प्रशासनले यदि कसैको घर कुटकी गर्छ भने सर्वप्रथम मेरो घर कुटकी गरेको हुुन पर्छ,यदिको कुटाई खानु पर्छ भने सर्वप्रथम म खाएको हुनेछ संयोजक अजय एडवाडर्सले भने।
