पाकिम जिल्लाको रिनाक सालघारीमा सम्पन्न भयो सिक्किम पर्यावरण पर्व ।

पाकिम जिल्लाको तारपिन सालघारी ग्राम पंचायत इकाईमा आज सिक्किम पर्यावरण पर्व अन्तर्गत पानीको संरक्षण एवम् कायाकल्प शिर्षकमा वृक्षारोपण , वेन्च टेरेसन लगायत रुफ वाटर हारभेस्टिङ सम्बन्धी एक जनचेतनामुलक कार्यशाला सम्पन्न भयो ।

प्रधान मन्त्री कृषि सिँचाइ योजना अन्तर्गत जल विकासको हिस्साको यो कार्यक्रम वन तथा वातावरण विभाग, सिक्किम सरकार द्वारा आयोजना गरिएको थियो ।
कार्यक्रम अवधि मुख्य अतिथिका रुपमा पाकिम जील्ला उपाध्यक्ष श्रीमती प्रभा प्रधान थिइन् भने अन्य अतिथिहरुमा स्थानीय रिनाक तारपिन जीपीयू की जील्ला पंचायत श्रीमती बबिता गदाईली , सालघारीका वार्ड पंचायत पूर्ण कुमार छेत्री, ग्राम पंचायत इकाईका अन्य पंचायत , सिक्किम सरकार सामाजिक वन विभागका पदाधिकारी एवम् कर्मचारी लगायत स्थानीय नागरिकहरूको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम अवधि सामाजिक वन विभागीय जिल्ला वन अधिकृत श्री बालकृष्ण धमालाले रुफ वाटर हारभेस्टिङ योजना बारे नागरिकहरुलाई अवगत गराए साथै सिक्किम सरकारको वन विभागद्वारा संचालित अन्य कार्यक्रमहरु बारे पनि उनले जनाए ।

यो योजनामा के कस्ता कार्यक्रमहरु रहेका छन् भन्ने बारे विभागका अधिकारी श्री रुद्र भट्टराईले उपस्थित जमातलाई जानकारी गराए ।

स्थानीय नागरिकहरुको सक्रिय सहभागी रहे मात्र यस प्रकारका कार्यक्रमहरुले गाउँ एवम् समाजलाई प्रगतिपथमा लान सक्छ भनि आफ्नो सम्बोधनका क्रममा मुख्य अतिथि श्रीमती प्रधानले बताईन् ।

यसै योजना मार्फत गत 9 जुलाई 2024 का दिन गान्तोकमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीको बाहुलिबाट रुफ वाटर हारभेस्टिङको एलोटमेट पाएकी वृद्धा श्रीमती गंगा देवी छेत्री यसरी खुशी व्यक्त गर्छिन् ।

ग्राम पंचायत इकाई भित्र कै एउटा खडेरी एवम् सुकाउरो लाग्ने गाउँमा पानीको सुविधा उपलब्ध गराइदिएका-मा स्थानीय पंचायत पूर्ण कुमार छेत्री विभागसँग यसरी खुशी व्यक्त गर्दछन् ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *