पुर्वोतरमा भयङ्कर पानी पर्ने संभावना

कोहिमा /देशको पुर्वोतर भारत अर्थात सप्तभगिनी नामले जानिने असम मणिपुर मेघालय नागाल्याण्ड मिजोरम त्रिपूरा सिक्किम आदि राज्यहरुमा आगामी दस तारीख सम्म निरन्तर रूपमा भयङ्कर रूपमा पानी पर्ने बादल गर्जिने र पहिरो जान सक्ने संभावना छ ।
भारतीय मौसम बिभागले लगाएको पुर्वानुमान अनुसार सो समयमा सबै राज्यका आपदा प्रबन्धन दल सक्रिय रहनुपर्ने कुरा पनि विभागले जनाएको छ ।
विभागले अगाडी दिएको जानकारी अनुसार मानिसहरू भने खुबै सतर्क रहनुपर्ने र कहीं र कहिले पनि बाढीपहिरो आउन सक्ने कुरा पनि गरेको छ ।
विभागले अगाडि थपेको छ कि सो समयमा विशेष बुजुर्ग र बच्चा हरुको ख्याल गर्नुपर्ने पनि बताएको छ ।
स्मरण रहोस यो समाचार लेखुन्जेल सम्म पनि पानी परिरहेको थियो ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *