पुस्तक समिक्षा : क्यान्भास्को छितिज

पुस्तक समिक्षा : क्यान्भास्को छितिज

नयाँ स्वादका कविता :--क्यान्भास्को छितिज

मणिपूरको धरातलमा साहित्यको बिरुवा समय -समयमा नउब्जिएको होइन तर समय र परिस्थितिले गर्दा कोही त्यसको गर्भमा परी समाप्त हुन पुगे भने कोहीले भने मन पनि मारे ।


हालको केही वर्षमा मणिपूरमा भने युवा पुस्ताका सर्जकहरु नउदाएको होइनन् सोही हाराहारीमा कविताको नौलो स्वाद लिएर आएको कवि हुन सुरज चापागाईं।
चापागाईंले आफ्नो कवितामा सोही धरातल बीचमा मान्छे द्वारा भोगीएका विभिन्न प्रकारका समस्याहरुलाई शब्दमा सजाएको पाइन्छ ।जीवन खोला हो र त्यसको धुन संग आफू पनि रमाउनुको अलग्गै एउटा पहिचान बन्निन्छ भन्ने कुरा गरेको पाइन्छ यसरी —
ए खोला
मलाई पनि त संगै बग्न दे
तेरो धुनमा बग्न चाहन्छु
तेरो लहरमा डुब्न चाहन्छु ।
(ए खोला पृष्ठ १५)
मणिपूरको वर्तमान स्थिति बारे कवि चिन्तित छन ।हालैको माहोलमा कवि आफ्नो प्रेमिका समेतलाई स्थितिको अवगत गराउन बाध्य छन र उनी कवितामा यसो भन्ने गर्छन—
तिमी नआएको जाती
तिम्रो रगतमा
यहाँको ढुङ्गामाटोको माया छैन
वा तिम्रो अङ्गमा
जमेको पानीसंग
यहाँको हावापानी जुझ्न सक्दैन ।
(तिमी आउँदा पृष्ठ ३५)
सुर्यको उदाहरण दिदै कविले युवाहरूलाई प्रेरणा नदिएको होइन फेरि पनि हाम्रो युवा पीढी भने एक प्रकारको दुनियाँमा डुब्ने गरेको छ ।युवाहरूलाई सचेत गराउदै कवि भन्छन–
आज उदाएको छ
नयाँ किरणहरु फैलाउदे
भोलि उदाउँछ,उदाउदेन कसले बुझ्ने –???
(सुर्य पृष्ठ ४७)
कविले आजभोलि विज्ञानको प्रविधि द्वारा लैस सहरहरुको कुरा नगरेको होइन ।सहरमा कसले कसलाई चिन्छ र न कसले कसलाई चिनाउने र –?? भोग्वादी प्रवृतिले गर्दा आज सहरमात्रै नभएर गाउँ घर र परिवार पनि अनौठो भएको कुरा जान्न पाइन्छ
यस्तोमा कवि भन्छन यसरी —
यो सहर –यहाँ
न चिन्छ कसैले
न बुझ्छ कसैले ।
(अनौठो सहर पृष्ठ६६)
युवा कवि सुरजमा धेरै अलग्गै कविताको स्वाद पाइन्छ ।समयले साथ दियो र निरंतरता दिन सके भाइबाट धेरै अलग्गै कविताको स्वाद हामीले पाउन सक्ने कुरामा दुईमत नहोला ।


डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *