बिरिङ दुर्गा मन्दिरमा भोलीबाट श्रीमद् देवि भागवत महापुराण एवम् नवाह ज्ञान महायज्ञको आरम्भ ।
पाकिम जील्लाको लोवर बिरिङमा अवस्थित श्री श्री श्री दुर्गा मन्दिर संचालन समितिको आयोजनामा भोली यानी १६ जनवरी २०२५ का दिनदेखि श्रीमद् देवी भागवत महापुराण एवम् सप्ताह ज्ञान महायज्ञको आरम्भ भएको छ ।

यो महापुराणको कलश यात्रा आज बिहान 10 बजे शुभारम्भ भइ अपरान्ह 3:30 बजे समापन भएको थियो ।
महापुराण स्थल लोवर बिरिङबाट शुरु भएको कलश यात्रा लोवर तारेथाङ,कैजले, ताजा, रोडाथाङ तारपनि, रिनाक हुँदै सिक्किम र पश्चिम बङ्गालको सिमानामा रहेको उत्तर वाहिनी नदि रेशी नदिबाट घडामा जल उठाएर श्रद्धालु भक्तजनहरु जल भरिएको घडा लीएर रोडाथाङ, कैजले, ताक्छाङ, मामरिङ हुँदै पुराण स्थल आई मण्डपमा कलश स्थापना गरि विधिवत रूपमा श्रीमद् देवि भागवत महापुराणको शुभारम्भ गरियो ।
कथावाचक पण्डित पुष्पराज मिश्र एवम् उपव्यास पण्डित इन्द्र गजुरेल शास्त्रीको वाचाक्तवमा सम्पन्न हुने यो पुराण आगामी 24 जनवरीका दिन पुर्णाहुती गरिने आयोजक पक्षले बताएका छन् ।
पुराण अवधि सन्ध्याकालीन भजन कीर्तन एवम् महात्म्य वाचन, आध्यात्मिक प्रश्नोत्तर लगायत विविध धार्मिक कार्यक्रम पनि गरिने आयोजक पक्षका सदस्यले बताए ।





