बी पी बजगाईकाे टोलीले एन्थ्रोपोलोजिकल सर्भे अफ इण्डियाको निर्देशक प्रो. बी भी शर्मासंग भेट गरेर गोर्खाका छोडिएका जातगोष्टी सम्बन्धी दस्तावेज बुझाए।

बी पी बजगाईकाे टोलीले एन्थ्रोपोलोजिकल सर्भे अफ इण्डियाको निर्देशक प्रो. बी भी शर्मासंग भेट गरेर गोर्खाका छोडिएका जातगोष्टी सम्बन्धी दस्तावेज बुझाए।

प्रेस विज्ञप्ति (१३/०२/२०२५)

जनजाति मामिलामा विस्तारित रुपमा जानकारी लिन अनि आफ्नोमा भएको दस्तावेज दिन आज मैले एन्थ्रोपोलोजिकल सर्भे अफ इण्डियाको निर्देशक प्रो. बी भी शर्मासंग भेट गरें| यस भेटघाटमा मसँग खस भारतीय हितकारी सम्मेलन (खभाहिस) -का भूतपूर्व महासचिव श्री एस पी शर्मा उप्रेती अनि बाग्राकोट डुवर्सबाट खभाहिसका आंचलिक कमिटि प्रचार-प्रसार सचिव श्री खगेन्द्र शर्मा हुनुहुन्थ्यो भने निर्देशकसँग कार्यालयका उप-निर्देशक डा० अमित कुमार घोष हुनुहुन्थ्यो| उल्लेख गरिन्छ, भर्खरै १० जनवरी २०२५ -को दिन दिल्लीमा सम्पन्न सिक्किम सरकारको जनजाति विषयको उच्च-स्तरीय वैठकमा निर्देशक प्रो. बी भी शर्माले नै अध्यक्षता गर्नु भएको थियो|

एन्थ्रोपोलोजिकल सर्भे अफ इण्डियाबाट भारत सरकारको अण्डर सेक्रेटरी श्री असगर अलीलाई लेखिएको पत्र संख्या 6-21/PMI/2018 लाई आधार गरेर आजको वैठकमा चर्चा शुरु गरेका थियौं भने उक्त पत्रमा प्रश्न उभ्याइएका चारवटा समुदाय खस, याखा (देवान), सुनुवार अनि थामीमाथि विस्तृतमा चर्चा भयो|

मैले गत १५ जनवरी २०२५ को दिन एउटा भिडियो वयान जारी गरेर यी चारै समुदायका नेतृवृन्दलाई सातदेखि दश दिनभित्रमा एन्थ्रोपोलोजिकल दस्तावेजसहित मलाई सम्पर्क गरे म सबैलाई लिएर एन्थ्रोपोलोजिकल सर्भे अफ इण्डियाको कार्यालय जाने अनि उक्त पत्रले बोकेको त्रुटी मेटाउने वचन दिएको थिएँ| तर निर्धारित समयमा मलाई एन्थ्रोपोलोजिकल दस्तावेजसहित कसैले पनि सम्पर्क गरेनन् यद्धपी मैले २७ दिनसम्म पर्खेर कोही पनि नआउँदा आज हामी तीनजनामात्र गएका हौँ| तर मैले विगतमा जनजाति मुद्दामा महाकमिटी बनाएको समय याखा (देवान) अनि थामी समुदायको दस्तावेज पाइसकेको थिएँ अनि खसको दस्तावेज श्री एस पी शर्मा ज्युको सहयोगमा बनाएर आज चार मध्ये तीनवटा समुदायको दस्तावेज हामीले बुझाएका छौं| यसका साथै सुनुवार समुदायको निम्ति पनि समय मागेर आएका छौं| यस बाहेक जनजाति हुनबाट छुटेका गोर्खा जातिका सबै समुदायको सरकारी रूपमा आधिकारिक रिपोर्ट तयार गर्ने दिशामा बैठकमा सहमति बनाएका छौं| आजको वैठकले मैले यस दिशामा केही अतिरिक्त जिम्मेवारी निभाउनु पर्ने कुराको बोध गरेको छु, जसलाई मैले गम्भीरताका साथ लिएको छु|

बी० पी० बजगाईं

विधायक, खरसाङ

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *