भाइचुङ भोटियाको जन्मदिनको उपलक्ष्यमा निःशुल्क स्वास्थ जाँच शिविर सम्पन्न
भारतीय फूटबल टीमका पूर्व कप्तान भाइचुङ भोटियाको जन्मदिनको उपलक्ष्यमा निःशुल्क स्वास्थ जाँच शिविर सम्पन्न गरिएको छ। सिलगढी महकुमाको अटलस्थित बन्न गइरहेको फुटबल एकाडेमी परिसरमा सो शिविरको आयोजना गरिएको थियो। विभिन्न गैर सरकारी संगठनहरूको पक्षबाट आयोजित स्वास्थ्य जाँच शिविरमा सिलगढीका विभिन्न विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको बताइएको छ। यस अवसरमा स्थानीय सयौंको संख्यामा मानिसहरूले आफ्ना विभिन्न स्वास्थ्य समस्याका बारेमा चिकित्सकहरूसँग परामर्श र चिकित्सा सेवा लिएका थिए। यसै अवसरमा सौहार्दपूर्ण फूटबल प्रतियोगिताको पनि आयोजना गरिएको थियो। यस क्रममा स्थानीय दुईवटा र डुवर्स बाग्राकोट र च्याँगाको दुईवटा टीममाझ प्रतिस्पर्धा भएको थियो।
यस अवसरमा गैर सरकारी संगठनका पदाधिकारीहरू, विशेषज्ञ चिकित्सकहरू अनि एसएसबी-को महिला टीमका खेलाडीहरूका अतिरिक्त स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो।

