भारतमा एचएमपी भाइरस संक्रमितको सङ्ख्या 8 पुगेको छ। मंगलबार, महाराष्ट्रको नागपुरमा 2 संक्रमित फेला परेका छन्।
यहाँ 13 वर्षीया बालिका र 7 वर्षीय बालकमा सङ्क्रमण देखिएको छ। दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो। त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो। यिनीहरूलाई अस्पताल भर्ना चाँहि गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ।
एक दिनअघि कर्नाटक र तमिलनाडुमा 2/2 जना, पश्चिम बंगाल र गुजरातमा 1/1 जना गरी 6 जनामा भाइरसको संक्रमण देखिएको थियो। तीमध्ये अधिकांश बालबालिका छन्। केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्परेटरी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी बढाउन र ह्यूमन मेटापन्यूमोभाइरसको रोकथामबारेमा सचेतना फैलाउन सल्लाह दिएको छ।
देशका 4 राज्यमा संक्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो भाइरस सामान्य भएको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका थिए। विज्ञहरूले पनि एचएमपीभी नयाँ भाइरस नभएको बताइरहेका छन्। यसको पहिचान पहिलो पटक 2001 मा भएको थियो। भाइरस हावामार्फत फैलिने भएकोले सास फेर्दा सर्छ। यसले सबै उमेर समूहका मानिसहरूलाई असर गर्छ। डब्लूएचओले स्थितिको अनुगमन गरिरहेको छ र चाँडै नै रिपोर्ट साझा गर्ने बताइएको छ।

