भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिको सांगठनिक सभा सम्पन्न

भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिको सांगठनिक सभा सम्पन्न

खरसाङ, २६ अक्टोबर २०२६। भारतीय जनता पार्टी (भाजपा) दार्जिलिङ जिल्ला समितिको सांगठनिक सभा खरसाङ विधानसभा क्षेत्रअन्तर्गत दुदेमा सम्पन्न भएको छ।
सभामा खरसाङ विधानसभा क्षेत्रका ३, ७ र ९ नम्बर मण्डलका सांगठनिक गतिविधि, आगामी दिनका योजना तथा संगठन र विकाससम्बन्धी कार्यहरूबारे विस्तृत छलफल गरिएको थियो।
सभामा मण्डल तथा जिल्ला अध्यक्ष श्री संजीव लामा ज्यू, जिल्ला महासचिव श्री सोङदेन लेप्चा,लगायत पार्टीका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, मण्डल अध्यक्षहरू, वार्ड समितिका सदस्यहरू, बुथ सदस्यहरू तथा जिल्ला समितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो।

बैठकमा आगामी मिरिक नगरपालिका चुनावलाई लिएर पनि विशेष छलफल गरिएको थियो। उक्त छलफलमा मिरिक क्षेत्रका प्रतिनिधिहरू तथा संगठनका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो।

सभाले आगामी दिनमा संगठनलाई अझ सुदृढ र मजबुत बनाउँदै जनसरोकारका विषयमा प्रभावकारी रूपमा काम गर्ने निर्णय गरेको छ। साथै, सरकार तथा पार्टी नेतृत्वसँग समन्वय गर्दै संगठनात्मक र विकाससम्बन्धी कार्यहरूलाई अघि बढाउने विषयमा पनि जोड दिइएको छ।

सभामा पार्टीको सांगठनिक विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा आगामी राजनीतिक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

By Admin_Pratibeemba

Leave a Reply

Your email address will not be published. Required fields are marked *