मणिपूरमा अशान्तिको माहौल सरकारले लगायो कर्फ्यु

मणिपूरमा अशान्तिको माहौल सरकारले लगायो कर्फ्यु

कोहिमा /मणि राज्यको जीरिबाम जिल्लामा अहिले भने अशान्तिको माहौल छ ।गत सात तारीखको दिन केही कुकी अल्गाववादी संगठनहरुले अपहरण गरेकाहरुमा तीनजनाको शव बराक नदीमा पाए पस्चात क्रुद्ध जनमानसमा इम्फालमा केही मन्त्रीहरुका घर समेत आगो लगाए रुप सरकार समक्ष छिटो अपराधीलाई दण्ड दिने माग पनि गरेको छ ।
अहिलेसम्म प्राप्त समाचार अनुसार सरकारले उपरोक्त भीडलाई काबु गर्न नसक्ने भएर आशु ग्यासको गोला दागे र पनि काबुमा पार्ने नस्केर जिल्ला प्रशासनले धारा १४४लगाएको छ ।
विशेष सुत्रबाट प्राप्त समाचार अनुसार अहिलेसम्म राज्यमा ईन्टरनेट सम्म बन्द गरेको छ भने तनाव भने कमी आएको छैन ।
प्राप्त जानकारी अनुसार गृह मन्त्रालयले पनि प्रशासनलाई शान्ति बहालीको लागि सरकारले उचित पहल गरिनुपर्ने दिशानिर्देश गरेको छ ।
इम्फालबाट प्राप्त समाचार अनुसार मृतक मद्येमा आमा र सा -साना दुईवटा नानीहरूको निर्मम हत्या गरिएको र सरकारले उचित कदम नउठाए सम्म उक्त शवहरु सनाखत नगरिने कुरा सम्म भएको छ ।
स्मरण रहोस मणिपूरमा गत वर्ष मई तीन तारीखबाट अशान्तिको माहोल छ भने केन्द्र र राज्य सरकारले शान्तिको पहल गर्न नसक्नु शर्मको कुरा रहेको छ भने अर्कोतिर कतिको ज्यान गएको छ। त्यो त अनगन्ती भएको छ ।अझै पनि केन्द्र सरकारले के हेरेको हो त्यो त आउने भविष्यले नै बताउला।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *