मणिपूर -दिमापूर नेशनल हाइवेको स्थिति खराब, संस्थाहरुले लगाए गुहार

नेशनल हाइवेको स्थिति खराब, संस्थाहरुले लगाए गुहार

कोहिमा /गत केही हप्ता अगाडि देखि नेशनल हाइवे २९ का विभिन्न ठाउहरुमा पैरो गरेकोले गर्दा आवत -जावतमा बिग्न बाधा परेकाले गर्दा मणिपूर -दिमापूर,खोनोमा -कोहिमा जोड्ने हाइवेको स्थितिमा सुधार ल्याउनको लागि विभिन्न संघ संस्थाहरुले राज्य र केन्द्र सरकारलाई गुहार लगाएको समाचार छ ।
एउटा विशेष सुत्रबाट प्राप्त समाचार अनुसार अंगामी युवा संगठन ,कोहिमा भिलेज काउन्सिल एवं वेस्टर्न अंगामी संघ तथा अन्य संघ संस्थाहरुले सरकार र नेशनल हाइवे अथोरिटीलाई समेत हाइवेको समयमा उचित मर्मत गर्ने र रखरखावमा ध्यान दिने कुरा समेत गरेका छन ।
संस्थाहरुले भने अनुसार आगामी केही दिनमा सरकारले यथाशीघ्र हाइवेको मर्मत गरिनुपर्छ नभए उनीहरूले आफ्नो कार्यवाही शुरु गर्ने कुरा समेत गरेका छन ।
हामीले पाएको अहिले सम्मको समाचार अनुसार संबंधित क्षेत्रका जिल्ला उपायुक्तले जुब्जा र हाइड्रो र अन्य क्षेत्रको निरीक्षण गरी एउटा समिति समेत गठन गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार अहिलेसम्म केन्द्र सरकारबाट कुनै पनि प्रतिक्रिया नआएकोले गर्दा हाइवेको मर्मत कार्यमा सुस्त रुपमा देखा परेको छ ।
कोहिमामा सडक विभागका एकजना अधिकारीले बताए अनुसार सरकारले समयमा पाइला चाल्ने प्रयास नगरेको होइन तर पनि फन्डको सही उपयोग नभएकोले गर्दा नै यो खाले कुरामा सृजना भएको कुरा उनलेे बताए ।
उनले अगाडि थपे कि कुनै पनि व्यापारीले समानको दाममा वृद्धि नगरिदिने र यथारूपमा नै बिक्री गर्ने कुरा गरेका छन ।
एउटा प्रश्नको जवाफमा उनले भने कि करीब एक महिना सम्म लाग्ने सक्ने र त्यस बेला सम्म आम जनताले नआतिने कुरा पनि गरेका छन ।
स्मरण रहोस एकातिर संघ संस्थाले आवाज उठाउनु र सरकारले आफ्नो स्थिरता देकाउनु बीच हाइवेको स्थितिमा कहिले सम्म सुधार होला ।त्यो त आउने भविष्य नै बताउला ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *