मणिपूर राज्यका मुख्यमन्त्रीले Indigenous Cultural Exchange कार्यक्रममा सहभागिता लिए
कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो indiginiuous cultural exchange कार्यक्रममा भाग लिएको समाचार प्राप्त भएको खबर छ ।
मुख्यमन्त्री सचिवालय बाट प्राप्त समाचार अनुसार राज्यका विभिन्न रैथानेहरु द्वारा आयोजित समारोहमा बोल्दै उनले भने कि हामीहरु लामो समय देखि यो ठाउमा बस्तै आएका हौं ।त्यही भएर एक अर्काको दुख दर्दमा साथ दिनु आवश्यक छ ।
उनले अगाडि थपे कि मणिपूरको पुरानो इतिहासले नै सार्वभौमिकता देखाएको इतिहास छ ।त्यस कारणले पनि हामी माझ आपसी सद्भाव भाइचारा तथा समन्वय हुनु पर्छ ।
उनले अगाडि थपे कि आज हामी जुन विश्व ग्रामको कुरा गर्ने गरेको पाइन्छ त्यही हामी एक हुनु पनि आवश्यक छ ।
यस अवसरमा मुख्यमन्त्रीले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरे ।यस अवसरमा राज्यका विभिन्न पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो ।
–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत






