मणिपूर राज्यका मुख्यमन्त्रीले गरे सीमा संबंधित बातचीत

मुख्यमन्त्रीले गरे सीमा संबंधित बातचीत

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले त्रिपूरा राज्यका मुख्यमन्त्री मनिक कुमार शाह लगायत लोक सभा सदस्य विप्लव कुमार देवलाई मुलाकात गरेर राज्यको सीमामा बढी रहेका विभिन्न गतिविधिहरु माथि गहन चर्चा गरेको खबर छ ।
प्राप्त समाचार अनुसार दुवै राज्य माझ आपसी व्यापार सास्कृतिक समन्वय शिक्षा एवं सद्भावका कतिपय कुराहरुमा पनि छलफल भएको कुरा एउटा विशेष सुत्रबाट जानकारी भएको छ ।


समाचारले अगाडि जनाए अनुसार दुवै राज्य बीचमा भइ रहेको अनैतिक गतिविधि माथि पनि लगाम लगाउनको लागि पनि ठोस निर्णय भएको कुरा पनि सुत्र ले खुलासा गरेको खबर छ ।
हेर्दै जाउ आउने भविष्यमा त्रिपूरा एवं मणिपूर बीचको पारम्परिक एवं पौराणिक सम्बन्धले भने कतिको मुर्त रुप दिएला त त्यो त आउने भविस्यले नै बताउला ।


—डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *