सिक्किम पुलिसले माजिटार, रम्फूमा गाडी नम्बर WB-97-1994 ट्रकलाई रोकेर खानतलासीका क्रममा दुई व्यक्तिलाई लागूपदार्थको तस्करीको आरोपमा पक्राउ गरेको छ ।
पुलिसले सूचनाका आधारमा २५ वर्षीय अश्विन दाहालले 29 वर्षीय महल माझी नामक व्यक्तिलाई शंकास्पद प्याकेट दिएको पुलिसले फेला परेको थियो ।
पि आई सागर सुब्बाको नेतृत्वमा रहेको टोलीद्वारा व्यापक खोजी र आधिकारिक विभागीय अधिकृतहरु लगायत पाकिम पुलिस स्टेसनका SHO प्रदिप छेत्रीको उपस्थितिमा ५०.८३ ग्राम ब्राउन सुगर र दुई बोतल कफ सिरप फेला पारे
पक्राउ परेका महल माझी माजिटार निवासी हुन् भने अश्विन दाहाल पश्चिम बङ्गाल कालिम्पोङका रहेका छन् ।
कारबाहीमा प्रयोग भएको ट्रक पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई स्थानीय अदालतमा पेश गरी थप अनुसन्धानका लागि पुलिस हिरासतमा राखिएको छ ।

