राष्ट्रिय राजमार्ग 10 को लेप्चा झोडा छेउमा सडक बिचमा रुख ढाल्दा वाहन दुर्घटना, यात्रुहरु घाइते।

राष्ट्रिय राजमार्ग 10 को लेप्चा झोडा छेउमा सडक बिचमा रुख ढाल्दा वाहन दुर्घटना, यात्रुहरु घाइते।

पेलिङबाट सिलिगुडी जाँदै गरेकाे एउटा पर्यटक बाेकेकाे वहानमा अचनाक रूख ढलेर लाग्दा वहानमा सवार केही पर्यटक घाइते भएको समाचार प्रकाशमा आएको छ ।

नेताजी महाविद्यालय कोलकाताका विद्यार्थीहरु शैक्षिक भ्रमणका निम्ति पश्चिम सिक्किमको पेलिङ आएर फर्कीने क्रममा यो दुर्घटना भएको स्रोतबाट थाहा लागेको छ ।

यो घटना राष्ट्रिय राजमार्ग १० अन्तर्गत मल्लि चित्रे सडक खण्डको लाबरबाेटे नजिक भएको बताइएको छ।

घाइते यात्रुलाई नजिकैको स्वास्थ्य चौकीमा उपचारका निम्ति लगिएको थियो । हाल सबैको अवस्था सामान्य रहेको जानकारी पाइएको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *