रिकभरी भ्यान दुर्घटना हुदा चालक रोशन बिष्टको गयो ज्यान

रिकभरी भ्यान दुर्घटना हुदा चालक रोशन बिष्टको गयो ज्यान

अन्य एक लापत्ता ।दर्शकवृन्द न्यूज प्रतिबिम्बले आज बिहान राष्ट्रिय राजमार्ग 10 मा भएको रिकभरी भ्यान दुर्घटनाको समाचार सम्प्रेषण गरेको थियो । यसैको फलोअप रिपोर्ट लिएर यहाँहरु समक्ष फेरी उपस्थित भएका छौँ ।

मध्यरात 1 बजे टिस्टा रम्बी सडक खण्डको 28 माइलमा एउटा WB 77 A 5029 नम्बरधारी रिकभरी भ्यान दुर्घटनाग्रस्त हुँदा सोही गाडीका चालक 24 वर्षीय रोशन बिष्टले ज्यान गुमाएका छन् ।

उनी दार्जिलिङ तक्दा, पाबोङ , दार्जिलिङ निवासी रहेको पुलिस स्रोतले बताएको छ । मध्यरात सडकबाट गाडी दुर्घटना हुदा भीरबाट तल टिस्टा किनारमा पुगेको थियो ।उसै रिकभरी भ्यान भित्र रहेका एक व्यक्ति अझै लापत्ता रहेको गाडी मालिकले जानकारी गराएका छन् ।

आज दिउँसो रम्बी पुलिसको तत्परता टिस्टा रंगित रेस्क्यू सेन्टरको टोलीले चालकको शवलाई टास्टा नदिबाट उद्दार गरेको हो ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *