साहित्यिक क्षेत्रमा योगदानको लागि प्रभा राई ‘चिया कविता पुरस्कार 2024’ बाट सम्मानित

श्रीमती प्रभा राई ‘चिया कविता पुरस्कार 2024’ले पुरस्कृत
नेपाली साहित्यमा चिया कविताले पुरस्कार वितरण नौलो प्रकारले गरेर सराहनीय कार्य गर्दैछः वसन्त लामा
गान्तोक,21 मई। चिया कविता पुरस्कार 2024 ले श्रीमती प्रभा राईलाई पुरस्कृत गरिएको छ। चिया कविता सिक्किमले अन्तरराष्ट्रिय चिया दिवसको अवसरमा चिया कविता पुरस्कार नगद राशी 15 हजार रूपियाँ, अङ्ग वस्त्र र प्रसस्ती पत्रको साथमा प्रदान गरिएको छ। गान्तोकको जीवन थिङ मार्गस्थित रचना बुक्समा आयोजित पुरस्कार वितरण समारोहमा सिक्किम सरकारका संस्कृति विभागका सचिव बसन्त लामा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसैगरि सिनेकर्मी तथा चर्चित फिल्म निर्देशक साम्तेन भोटिया विशिष्ठ अथितिको रूपनमा उपस्थित थिए। यसैगरि सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बा,डा शोभाकान्ति थेगिम लेप्चा ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चा, सिक्किम अकादमीका महासचिव पूर्ण योञ्जन समेत साहित्य, कला र समाज निर्माणमा जोडिएका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। सिक्किममा लामो समयदेखि साहित्य , कला ,समाज निर्माणमा महत्वपूर्ण योगदान गर्दै आएका दक्षिण सिक्किम आसाङथाङ दुमी गाउँ नाम्ची निवासी प्रभा राईलाई उनले साहित्य कला, समाज निर्माण पुऱ्याइरहेको अनवरत योगदानको निम्ति पुरस्कृत गरिएको छ।
चिया कविता,सिक्किमले प्रत्येक वर्ष विश्व चिया दिवसको अवसर पारेर साहित्यिक क्षेत्रमा योगदान दिँदै आएका एकजना व्यक्तित्वलाई चिया कविता पुरस्कार प्रदान गर्ने गरेको छ भने प्रथम चिया कविता पुरस्कारले डुप छिरिङ लेप्चालाई पुरस्कृत गरिएको थियो।
यस वर्ष पनि यसै परम्परालाई निरन्तरता दिँदै प्रभा राईलाई चिया कविता पुरस्कार 2024 ले पुरस्कृत गरिएको हो ।
चिया कविता पुस्कार वितरण र चिया कविता कार्यक्रम नेपाली साहित्यमा नयाँ प्रयासको रूपमा रहेको मुख्य अथिति बसन्त लामाले बताए। उनले चिया कवे।ताको समाज निर्माण र साहित्यमा योगदान दिने व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने पहल सराहनीय रहेको बताए। उनले चिया कविताले गरेको पहल समाजको निम्ति उपयोगी रहेको बताए। नेपाली साहित्यमा चिया कविताले पुरस्कार वितरण नौलो प्रकारले गरेर सराहनीय कार्य गर्दैछ भनि बताए।

कार्यक्रममा साहित्यकार अनुवादक शमिक चक्रवर्तीले चिया संवाद कार्यक्रमबीच चियाबारीको समस्या, चिया श्रमिकहरूको अवस्था अनि बजार व्यवस्थापन र सरकारको नीति एवं आन्दोलनहरूको चर्चा राखे। उनले यसबारेमा चिया पिउन अघि सोचेर श्रमिकहरूको न्यायको मागप्रति चिया प्रेमीहरू गम्भिर हुनुपर्ने पनि अवगत गराए।
कार्यक्रममा कविता कन्सर्टको रूपमा द पोयट आइडलका फाइनलिष्ट सिम्योन सिकुता राई र शिर्षस्थ दशमा आफ्नो स्थान बनाउन सफल कवि सबिना राईले दमदार कविता प्रस्तुती दिएका थिए।
कार्यक्रममा वरिष्ठ लेखक एवं गायक देवकुमार दुमीको नयाँ नियात्रा र कविताहरूको सङ्गालो नियात्रा र कविताहरू नामक पुस्तक लोकार्पण गरिया।
आयोजक समूहले जानकारी दिए अनुसार, प्रभा राईले पछिल्लो लामो समयदेखि आफ्नो गाउँमा बसेर साहित्यिक क्षेत्र, शैक्षिक क्षेत्र र पठन संस्कृतिको विकासका लागि योगदान दिँदै आएकी छन्। नाम्चीको आसाङथाङको दुमी गाउँका बालबालिका साथै आम पाठकहरूका लागि उनले आफ्नो व्यक्तिगत प्रयासमा आफ्नै गाउँमा पुस्तकालय निर्माण गरेर पठन संस्कृतिको विकासका लागि काम गर्दै आएकी छन्।
डीजी रिडिङ रूम रिसोर्स एण्ड एडुकेशन फाउन्डेशन 2019 सालदेखि गठन गरेर सिक्किममा पठन संस्कृति, भाषा-साहित्य, कला र लोक परम्पराको विकासमा कार्य गरिरहेकी छन्। उनले लामो समयदेखि सोध लेखन, संपादन र अनुवादका कार्यहरू पनि गरिरहेका छन्।
अहिले भने उनले जुबान प्रकाशन मार्फत पूर्वोत्तर भारतका महिला सर्जकहरूको लेखनलाई प्रकाशनको निम्ति कार्य गरिरहेकी छन्। यसका साथै सिक्किम प्रोजेक्ट नामक वेबसाइट सुरु गरेर त्यसको माध्यमबाट सिक्किमसँग सम्बन्धित विभिन्न विषयमा विभिन्न लेखकहरूको अनुसन्धानात्मक लेखहरू प्रकाशित गराउने काममा पनि उनको महत्त्वपूर्ण भूमिका रहेको छ।
कार्यक्रममा उपस्थिति दिने विशेष व्यक्तित्वहरूलाई चिया कविता समूहको तर्फबाट सम्झनाको चिनो प्रदान गरियो। प्रवीण खालिङले सञ्चालन गरेको कार्यक्रममा कवि कथाकार उषा शर्माले पुरस्कृत व्यक्तित्वको परिचय राखिन् भने कवि दीपा राईले प्रशस्ती पत्र पठन गरेकी थिइन्। कार्यक्रमा साहित्यकार प्रवीण राई जुमेली, रत्न लक्सम सुधा एम राई, युवा बराल, तुलसी घिमिरे, डॉ टेक बहादुर छेत्री, डा. सत्यद्वीप छेत्री, डॉ सुचन प्रधान, डॉ कृष्ण शर्मा, प्रद्युम्न श्रेष्ठ, भक्ति शर्मा, रूपा तामाङ, लुइस विष्ट, अम्बर लाछिकाठी, गोपाल ढकाल, पीएल शर्मा, डॉ. मोना छेत्री लगायात विभिन्न साहित्यिक र कलासित सम्बन्धित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *