सिक्किमका युवा कवि मुक्ति घिमिरे ‘मैत्री उत्सव २०२५’ मा सम्मानित हुने
गान्तोक, नोभेम्बर ३ः
सिक्किम ताक्छाङका युवा कवि तथा गजलकार मुक्ति घिमिरे ‘मैत्री उत्सव २०२५’ द्वारा सम्मानित हुने भएका छन्।
पश्चिम बङ्गालको इस्लामपुरस्थित साहित्यिक संस्थान ‘सृजन साहित्य आषाढ’ को १५औं स्थापना दिवसको अवसरमा आयोजना गरिने उक्त कार्यक्रममा घिमिरेलाई सम्मान प्रदान गरिने भएको हो।
उक्त अवसरमा हुने अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यिक सम्मेलन मा दुबई, नेपाल, बङ्गलादेशसहित भारतका विभिन्न राज्यका कवि तथा साहित्यकारहरूले सहभागिता जनाउने भएका छन्।

कार्यक्रमले साहित्यिक सहकार्य र सांस्कृतिक एकताको सन्देश दिने अपेक्षा गरिएको छ।
