कोलकाता, २४ अक्टोबर २०२५
सिक्किमका प्रख्यात साहित्यकार श्री अमर बनिया लोहोरोलाई कोलकाता, पश्चिम बंगालमा आयोजित समारोहमा साहित्य अकादेमी अनुवाद पुरस्कार २०२५ (नेपाली भाषा वर्ग) द्वारा सम्मानित गरिएको छ।

उनीलाई यो सम्मान डा. निर्मल वालियाको हिन्दी मूल कृति “वतन” को नेपाली अनुवाद “मातृभूमि” का लागि प्रदान गरिएको हो। श्री लोहोरो गान्तोकको छैटौं माइल, टाडोङ निवासी हुन्।
सन् १९८९ मा स्थापना गरिएको साहित्य अकादेमी अनुवाद पुरस्कार (Sahitya Akademi Anuwad Puruskar) भारतको राष्ट्रिय साहित्यिक संस्था साहित्य अकादेमी द्वारा प्रत्येक वर्ष प्रदान गरिन्छ। यो पुरस्कार २४ प्रमुख भारतीय भाषाहरू (जसमा अङ्ग्रेजी, राजस्थानी र संविधानको आठौं अनुसूचीमा सूचीकृत २२ भाषाहरू समावेश छन्) मा सिर्जनात्मक र समालोचनात्मक साहित्यिक कृतिहरूको उत्कृष्ट अनुवादकर्तालाई दिइन्छ।
यस पुरस्कारमा प्रशस्ति–पत्र र रु. ५०,००० नगद राशिको सम्मान समावेश छ, जसले भाषा र संस्कृतिबीचको सेतुका रूपमा योगदान पुर्याउने अनुवादकको कार्यलाई सम्मानित गर्छ।
श्री अमर बनिया लोहोरोको यो उपलब्धि सिक्किमको साहित्यिक समुदायका साथै सम्पूर्ण नेपाली साहित्यिक जगतका लागि गर्वको विषय बनेको छ।
