सेभोक रम्फु रेलवे परियोजनामा कार्यरत् एकजना श्रमिकको मृत्यु

सेभोक-रम्फु रेलवे परियोजना अन्तर्गत इर्कोन राही कम्पनीमा कार्यरत् एकजना श्रमिकको आज दिउँसो घटनास्थलमा नै मृत्यु भएको छ। सेभोक रेलवे परियोजनामा आज कार्य गरिरहेको समय स्थानीय सेभोक बजार गैरीगाउँ निवासी युवक शम्भु छेत्रीको घटना स्थलमा नै मृत्यु भएको छ। रेलवे परियोजनामा काम गरिरहेको समय माथिबाट अचानक फलाम झरेर टाउँकोमा लागेपछि शम्भु छेत्रीको घटना स्थलमा नै मृत्यु भएको बताइको छ। काम गर्दाको समय शरीरमा कुनै प्रकारको सेफ्टी बिना नै राही इर्कोन कम्पनीले कार्य गर्न लगाएको कारण नै स्थानीय श्रमिकको मृत्यु भएको हो भन्ने गाउँलेहरुले गुनासो ब्यक्त गरेका छन्। घटना हुन साथ सेभोक पुलिसले घटनास्थलमा पुगेर मृतदेहलाई उद्धार गरेर शवलाई पोस्टमार्टमको निम्ति नर्थ बेङ्गाल मेडिकल कलेजमा पठाइदिएको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *