सेवानिवृत्ति सम्मान समारोह नाम दिदै बिदाई गर्यो पिएमश्री सरकारी बरिष्ठ माध्यामिक विद्यालय दिक्लिङले आर पि शर्मालाई ।

पाकिम जील्लाको पिएमश्री सरकारी बरिष्ठ माध्यामिक विद्यालय दिक्लिङमा आज १३ वर्ष अघिदेखि कार्यरत विद्यालय प्रिन्सिपल श्री आर पि शर्मालाई सेवानिवृत्ति सम्मानले अलङ्कृत गर्यो ।

दिपप्रज्वलन एवम् विद्यालय प्रिन्सिपल श्री दिपक शर्माको स्वागत मन्तव्य संगै श्रीगणेश भएको कार्यक्रममा पूर्व मन्त्री एवम् वर्तमान मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा सभाध्यक्ष रहेका थिए।
अन्य अतिथिहरुमा मुख्यमन्त्रीका गोपनीय सहायक श्री उर्गेन लेप्चा, सुचना आयुक्त श्री कुवेर भण्डारी, शिक्षा विभाग पाकिमका उपनिर्देशक, सेवानिवृत्त सचिव डि के भण्डारी एवम् दिक्लिङ बरिष्ठ माध्यामिक विद्यालयका पूर्व विद्यार्थी, मामजे एवम् छलमथाङ पाचेखानी ईकाइका पंचायतगण, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक लगायतको विशेष उपस्थिति रहेको थियो।

सेवानिवृत्त प्राचार्यको व्यक्तित्व विशेष चर्चा प्रस्तुत गर्दे विद्यालयका नेपाली शिक्षक श्री बालकृष्ण दंगालले 13 sept 2017 देखि 30 September 2024 सम्म अवकाशप्राप्त प्राचार्य आर पि शर्माले दिक्लिङ बरिष्ठ माध्यामिक विद्यालयलाई दिएका योगदानको चर्चा सुनाए।

समारोहमा विविध साँस्कृतिक कार्यक्रमहरु विद्यार्थी द्वारा मन्चन गरिएको थियो ।

अवकाशप्राप्त प्राचार्य श्री आर पि शर्माले आफ्नो सम्बोधनका क्रममा आफ्ना कार्यकालमा विद्यालय विकासका कार्यहरुको श्रेय आफुमा मात्र नरहेको र विद्यालयमा कार्यरत सबै शिक्षक शिक्षिकाहरुको प्रयासले भएको बताए ‌।

 https://newspratibeemba.com/2024/10/22/shri-lok-nath-sharma-inaugurated-a-man-made-bird-nest-chara-ghaar-at-kameray-village-under-pakyong-district/ 
By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *