पारखा (पार्खा) मा अवस्थित शक्ति सनातनी शर्णागत धाममा अनुयायीहरुले मनाए माताजीको जन्मोत्सव ।

पाकिम जील्ला अन्तर्गत पारखा गाउँमा अवस्थित शक्ति सनातनी शर्णागत धाममा उक्त धामकी संस्थापक माताजीको जन्मोत्सव आज धुमधामका साथ सम्पन्न भयो ।

कार्यक्रम शक्ति सनातनी शर्णागत धाम संचालन समिति द्वारा आयोजना गरिएको थियो ।
विधिवत रुपमा कलशयात्रा सहित श्रीगणेश गरिएको कार्यक्रममा , भजन, गीत, अभिनन्दन जस्ता विभिन्न कार्यक्रमहरु सम्पन्न भएका थिए ।

नब्बेको दशकमा स्थापना भएपछि विभिन्न संघर्षपछि धाम र आगन्तुक शर्णागत अतिथिहरुका निम्ति आश्रम गृह समेत बनाउन सफल बनेको पनि धाम संचालन समितिकी उपसभापति मुन्ना बरालले बताइन् ।

एक आपसमा भेट हुँदा शिष्टाचारमा गरिने हरि ओम् को अर्थ के हो भन्ने बारे यसरी बताउँछिन् धाम संचालन समितिकी सचिवा डाक्टर शुभद्रा दंगाल

By News Pratibeemba

Leave a Reply

Your email address will not be published. Required fields are marked *