सरकारी बरिष्ठ माध्यमिक विद्यालय मामरिङ पाकिममा भव्यताका साथ सम्पन्न भयो 78 औं स्वाधिनता दिवस ।

देशका प्रत्येक कुना कन्दरामा हिजो स्वाधिनताको लहर संगै 78 औं स्वतन्त्रता दिवस पालन गर यो । यसै अवधि पाकिम जिल्लामा अवस्थित सरकारी बरिष्ठ माध्यमिक विद्यालय मामरिङले पनि स्वतन्त्रता दिवस हर्सोल्लासका साथ सम्पन्न भयो ।

कार्यक्रम अवधि अम्बा ताजा टेरोटोरियल कन्स्टिट्युन्सी जिल्ला पंचायत डाक्टर सुभद्रा दंगाल मुख्य अतिथीका रुपमा उपस्थित थिइन् । विशिष्ट अतिथिहरुमा पाकिम जिल्ला शिक्षा कार्यालयका उपनिर्देशक श्री बी. पि. लुइटेल, अम्बा ग्राम पञ्चायत इकाइका पंचायतगण, अवकाशप्राप्त शिक्षकहरु श्री वाई एस लेप्चा, श्री सि एल दुलाल, विभिन्न विभागिय अधिकारी, बरिष्ठ नागरिक, क्लस्टर स्कुलका प्रिन्सिपल, शिक्षक शिक्षिका, खेलप्रेमी युवा एवम् वृद्ध वृद्धाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

झण्डोत्वलनबाट श्रीगणेश गरिएको कार्यक्रममा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका , परेड मार्चपास्ट, ball passing, Relay Race, नृत्य प्रदर्शन आदि रंगारंग कार्यक्रमहरुका साथ समापन गरिएको थियो ।

विशेष आकर्षणको केन्द्रबिन्दु रहेको फुटबल खेलका दुई खेलहरू सम्पन्न भएका थिए ।

कार्यक्रमका विजयी प्रतिस्पर्धीहरुलाई , सर्टिफिकेट, म्याडल तथा मोमेन्टो द्वारा सम्मानित गरिएको थियो ।
नृत्य प्रदर्शन गर्ने विभिन्न विद्यालयहरुलाई मुख्य अतिथी डाक्टर सुभद्रा दंगालले नगद पुरस्कार प्रदान गरेकी थिइन ।
क्लस्टर लेवलको परेड प्रदर्शन गरिएको थियो जसमा धेरैजसो विद्यालयले सहभागिता जनाएका थिए ।
यसै कार्यक्रम अवधि जुनियर लेवल मैत्रीपूर्ण फुटबल खेल पनि खेलाईएको थियो । जसमा ताजा निमावि र मामरिङ उमाविका खेलाडीहरुद्वारा यो खेल खेलिएको थियोे । यस खेलमा मामरिङ बरिष्ठ माध्यमिक विद्यालयले विजेताको खिताब जित्न सफल भएको थियो ।

माध्यमिक तहको बोइ्ज फुटबल टुर्नामेन्ट अवधि बिरिङ माध्यमिक विद्यालय र मामरिङ उमाविका बिचको भिडन्त रोमाञ्चक रह्यो यसमा मामरिङ बरिष्ठ माध्यमिक विद्यालय विजयी बन्यो ।

तारेथाङ मावि र मामरिङ बिच सम्पन्न सिनियर गल्स फुटबल खेलमा तारेथाङले मामरिङलाई हराउँदै विजयता सावित बन्यो ।
यसै प्रकारले कल्सचर लेवल टिचर्स फुटबल खेल अम्बा माध्यमिक विद्यालय र ताजा निमावि बिच सम्पन्न भयो। फलस्वरूप अम्बाले उत्कृष्ट प्रदर्शन गर्दै ताजालाई उछिन्न सफल बन्यो ।

प्रत्येक फुटबल खेलमा प्रदान गरिने ट्रफीहरु विद्यालयका शिक्षिकाहरुले डोनेट गरिएको विद्यालय प्रवन्धन पक्षले बतायो ।

आफ्ना स्वर्गीय मातापिता हरिप्रसाद निरौला एवम् दमायती देवि निरौलाको स्मृतिमा विद्यालयकी राजनीतिक विज्ञान शिक्षिका श्रीमती बप्पी निरौलाले प्रदिन गरेकी थिइन भने  TGT arts पुष्प कुमारी छेत्री, TGT arts सि के शर्मा एवम् PGT chemistry पुष्पा तामाङले अर्को ट्रफी टुर्नामेन्टका निम्ति प्रदान गरेका थिए । सोहि प्रकारले माध्यमिक लेवल फूटबल प्रतियोगिताका निम्ति PGT Hindi शिक्षिका अम्बिका अधिकारीले ट्रफी डोनेट गरेकी थिइन ।

यस्तै प्रकारले स्वतन्त्रता दिवस समारोह समिति द्वारा मार्चपास्ट र फुटबल प्रतियोगिताका विजेता एवम् उपविजेता टोलीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

By News Pratibeemba

Leave a Reply

Your email address will not be published. Required fields are marked *