22 नोभेम्बरबाट पश्चिम सिक्किमको थर्पुबाट बेपत्ता भएका दुई नाबालिग एक मृत र एक पिडादायी अवस्थामा दक्षिण सिक्किम खिचुडुम्रामा फेला परे ।
सात दिनको अथक खोजीपछि बिहीबार दक्षिण सिक्किममा थर्पुबाट बेपत्ता रहेका बालकहरु फेला परेका छन ।
सोरेङ जिल्लाको थार्पु निवासी माङ्घाङ सुब्बाका १३ वर्षीय छोरा सम्योहाङ सुब्बाको खिचुडुम्रा नजिकै जिपलाइनको भीरमुनि मृत अवस्थामा शव फेला परेको हो । घटनाको हृदयविदारक मोडमा, अर्का बेपत्ता बालक 15 वर्षीय अमोश राई मृतकबाट केही गज पर फेला परेका थिए । आमोशलाई गम्भीर रूपमा घाइते अवस्थामा भेटिएपछि तत्कालै नाम्ची जिल्ला अस्पताल लगिएको थियो ।

दुई नाबालकहरु गत २२ नोभेम्बर २०२४ देखि बेपत्ता भएका थिए। उनिहरुले अभिभावकलाई नभनिकन स्कुटी लिएर घरबाट निस्केका थिए। परिणाममा दुवै सडक दुर्घटनामा परेको बताइएको छ ।
पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत मङ्सारी पुलिस पोष्टका आईसी श्री निमा तामाङको नेतृत्वमा रहेको पुलिसको टोलीले उनीहरुलाई घटना स्थलबाट उद्दार गरेको थियो ।
Youngsters क्लब अफ थार्पुका साथमा परिवारका सदस्यहरूले पुलिस कर्मचारी र खोजी कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
