69 औं बाहिनी सशस्त्र सिमा बल (SSB) पाकिम जिल्लाले आयोजना गर्यो नागरिक जनकल्याण कार्यक्रम
सशस्त्र सिमा बल 69 बाहिनी (SSB) पाकिम जिल्लाले आज पाकिमको मामरिङ बरिष्ठ माध्यामिक विद्यालयमा नागरिक जनकल्याण कार्यक्रम नाम दिँदै एक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्यो ।
कार्यक्रम अवधि अम्बा ग्राम पंचायत इकाईकी सभापति सुश्री अन्जना थापा मुख्य अतिथिका रुपमा उपस्थित थिइन् भने, स्थानीय पंचायत वि के रसाइली विशिष्ट अतिथी रहेकी थिइन् ।
विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, स्थानीय भेकका पूर्व सैनिकहरु, पूर्व पंचायत लगायत स्थानीय वरिष्ठ नागरिकहरुको आतिथ्यमा आजको कार्यक्रम सम्पन्न भयो ।
आजको मुख्य आकर्षण फुटबल खेल ताक्छाङ फुटबल टिम र मामरिङ फुटबल टोलीका बिच सम्पन्न भएको थियो ।
पूर्वार्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मामरिङ 3-2 ले अघि थियो भने उत्तरार्धमा ताक्छाङले अति नै रोमान्चक खेल प्रदर्शन गर्यो फलस्वरूप खेल 6-6 गोलको बराबरीमा टुङ्गियो ।
पेनाल्टी सुटमा भने आजको खेलको ट्रफी ताक्छाङले हाता पार्न सफल बन्यो ।
जीतपछि विजयी एवम् उपविजेता टोलीलाई 69 बाहिनीका तर्फबाट ट्रफी, फुटबल जर्सी एवम् खेल सामाग्रीहरु प्रदान गरिएको थियो ।









Links of photo news
https://www.facebook.com/share/p/15aq85Z4wK
