96 वर्षीय लक्ष्मण दंगाल शताब्दी पुरुष सम्मानले सम्मानित

कला एवम् संस्कृति विकास परिषद ताक्छाङले गर्यो ज्येष्ठ नागरिक सम्मान।

पाकिम जील्लाको ताक्छाङ गाउँमा स्थापित नवगठित संस्था कला एवम् संस्कृति विकास परिषद्को तत्वावधानमा आज ताक्छाङ प्राथमिक पाठशालाको प्रेक्षालयमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भयो । कार्यक्रम अवधि ताक्छाङ गाउँका निम्ति विविध कार्यहरु सम्पादन गर्ने दस जना ज्येष्ठ नागरिक एवम् शताब्दीको खुट्किला टेक्नै लागेका 96 वर्षीय लक्ष्मण दंगाललाई शताब्दी पुरुष सम्मानले सम्मानित गरियो ।

सोही कार्यक्रम माँझ संस्थाले मासिक रुपमा प्रकाशन गर्ने इन्द्रेणी नामक वेब म्यागेजिनको लोकार्पण गर्नेका साथै संस्थाको वेवसाइट www.parisadtakchang.com पनि सार्वजनिक गरियो ।

कार्यक्रम अवधि पूर्व मन्त्री एवम् वर्तमान मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने विशिष्ट अतिथीहरुमा जिल्ला पंचायत डाक्टर सुभद्रा दंगाल, शिक्षा विभाग पाकिमका संयुक्त निर्देशक बिपी लुइँटेल, अवकाशप्राप्त शिक्षक श्री यूसी खतिवडा, बाल साहित्यकार श्री तुलसी घिमिरे ‘काश्यप’, स्थानीय पंचायत निलकण्ठ दंगाल, बुम छिरिङ योन्जन आदि रहेका थिए । यस्तै प्रकारले अन्य अतिथिहरुमा सम्मानित व्यक्तित्व, स्थानीय नागरिक, युवा तथा बालबालिकाहरुको पनि विषेश उपस्थिति रहेको थियो।

कला एवम् संस्कृति विकास परिषद्को तर्फबाट मुख्य अतिथिलाई रिनाक समष्टि विधायक रहँदा ताक्छाङ गाउँ र गाउँलेलाई गरेका विभिन्न कार्यको प्रशंसा गर्दै अभिनन्दन पत्रद्वारा सम्मान गरियो भने अन्य अतिथिहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम अवधि विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गरियो भने स्थानीय कविहरुले गजल तथा कविता पनि सुनाएका थिए ।

कला एवम् संस्कृति विकास परिषद् ताक्छाङले यस अघि ५ अक्टोबर २०२४ का दिन युगपुरुष नर बहादुर भण्डारीको जन्मजयन्ती पालन गरेको थियो ।

आजको कार्यक्रम अवधि कला एवम् संस्कृति विकास परिषद् ताक्छाङकी प्रमुख सल्लाहकार डाक्टर सुभद्रा दंगालले स्वागत मन्तव्य राखेकी थिइन भने परिषद्का अध्यक्ष बालकृष्ण दंगालले संस्थानको औचित्य बारे प्रकाश पारे। कार्यक्रम सञ्चालन परिषदका महासचिव रूद्र दुलालले गरेका थिए भने धन्यवाद ज्ञापन शिशिर घिमिरेले सम्पादन गरेका थिए ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *