11
Feb
थिरूप्रसाद नेपालको एक आँगन घामलाई तुलसीराम कश्यप पुरस्कार 2025 प्रदानसाहित्य भन्ने केवल कवि लेखकको मात्रै हो भन्ने भूल धारणा राख्नु हुँदैन डॉ राजेन्द्र भण्डारी गान्तोक,11 फरवरी। कथाकार थिरूप्रसाद नेपालका कथासङ्ग्रह एक आँगन घामलाई नवौँ तुलसीराम कश्यप पुरस्कार प्रदान गरियो। नेपाली साहित्य परिषद,सिक्किम र तुलसीराम कश्यप शर्मा प्रतिष्ठानको संयुक्त आयोजनमा कथाकार नेपाललाई पुरस्कार अर्पण गरियो। कवि डॉ राजेन्द्र भण्डारी मुख्य अतिथि रहेको कार्यक्रमको अध्यक्षता नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेले गरेका थिए। कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्य अतिथि भण्डारीले भने,साहित्यमा पुरानो पुस्ताबाट केही लिएर नयाँ सिर्जना गरिन्छ। भुँइफुट्टा कोही हुँदैन र हुनु पनि हुँदैन । सिक्किममात्र यस्तो ठाउँ हो जहाँ साहित्य…
