21
Dec
भालेढुङ्गा साहित्यिक मञ्च याङगाङले हिजो २० दिसम्बर २०२४ का दिन भालेढुङ्गाको शिखरमा साहित्यिक गोष्ठी एवं व्यापक सरसफाई अभियान गर्न सफल बनेको छ। मञ्चको मासिक प्रकरणको क्रममा यसपटक पर्यटकीय एवं धार्मिक महत्व बोकेको भालेढुङ्गा चुचुरोकै परिसरमा गएर व्यापक साफसफाई एवं भालेढुङ्गा साहित्यिक मञ्चकै प्रायोजनमा तयार पारिएको बाँसको चोयाद्वारा निर्मित कुडादानीको जडान पनि गरिएको छ। मञ्चका सल्लाहकार,समाजसेवी एवं राजनैतिज्ञ श्रीमान सि• एल गुरुङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। साहित्यिक एवं सामाजिक रूपबाट अत्यन्तै महत्वपूर्ण यो कार्यक्रममा भालेढुङ्गा साहित्यिक मञ्चका माननीय अध्यक्ष श्रीमान पि•एल दङ्गालको पनि सक्रिय उपस्थिति रहेको थियो। भालेढुङ्गा साहित्यिक मञ्चका सल्लाहकारगण,कार्यकारणी समितिका विभिन्न सदस्य सदस्या गण, मञ्चका वार्षिक एवं…
