29
Nov
सात दिनको अथक खोजीपछि बिहीबार दक्षिण सिक्किममा थर्पुबाट बेपत्ता रहेका बालकहरु फेला परेका छन ।सोरेङ जिल्लाको थार्पु निवासी माङ्घाङ सुब्बाका १३ वर्षीय छोरा सम्योहाङ सुब्बाको खिचुडुम्रा नजिकै जिपलाइनको भीरमुनि मृत अवस्थामा शव फेला परेको हो । घटनाको हृदयविदारक मोडमा, अर्का बेपत्ता बालक 15 वर्षीय अमोश राई मृतकबाट केही गज पर फेला परेका थिए । आमोशलाई गम्भीर रूपमा घाइते अवस्थामा भेटिएपछि तत्कालै नाम्ची जिल्ला अस्पताल लगिएको थियो । Accident दुई नाबालकहरु गत २२ नोभेम्बर २०२४ देखि बेपत्ता भएका थिए। उनिहरुले अभिभावकलाई नभनिकन स्कुटी लिएर घरबाट निस्केका थिए। परिणाममा दुवै सडक दुर्घटनामा परेको बताइएको छ । पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत मङ्सारी…
