05
Dec
भारत सरकारले भालेढुङ्गा स्काईवाक र नाथुलाको सीमा अनुभवन लगायत दुईवटा परियोजना गरे स्वीकृत भारत सरकारले देशभरिका 23 राज्यमा पर्यटक स्थलहरूको विकासका लागि 40 परियोजनालाई मञ्जुरी दिएको छ। यी परियोजनाहरूको कुल लागत 3295 करोड रुपियाँ रहेको छ। यी परियोजनाहरूलाई भारत सरकारको पर्यटन मन्त्रालयको पूँजी निवेशका लागि राज्यहरूलाई सहयोग योजना (एसएएससीआई) अन्तर्गत मञ्जुरी दिइएको छ। यो योजनाले देशमा पर्यटन पूर्वाधारको विकास र पर्यटन प्रवर्द्धनका लागि राज्यहरूलाई आर्थिक सहायता प्रदान गर्ने लक्ष्य राखेको छ। सिक्किम यी परियोजनाहरूबाट लाभान्वित हुने राज्यहरूमध्ये एक हो। राज्यका लागि भालेढुङ्गा स्काईवाक र नाथुलाको सीमा अनुभवन लगायत दुईवटा परियोजना स्वीकृत भएका छन्। भालेढुङ्गा स्काईवाक परियोजनाको लागत 97.37 करोड रुपियाँ…
