09
May
नक्कली आधारकार्ड सहित भारत–नेपाल सीमा खोरीबारीबाट दुई अमेरिकी नागरिक पक्राउ । नक्कली आधारकार्ड लिएको आरोपमा सुरक्षा बलले खरिबारी भारत-नेपाल सीमामा एक भारतीय नागरिक सहित दुई अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। नीना काला पोर्दे र उनकी भान्जी युनिसका रूपमा पहिचान भएका दुई अमेरिकी नागरिकहरु अलिपुरद्वारको काल्चिनीका भारतीय युवा निमा तामाङसँग थिए। नीना र निमा तामाङले अप्रिल १३ मा भारतमा वैवाहिक बन्धनमा बाँधिएपछि गत अप्रिल २१ मा नेपाल हनिमुन यात्रामा निस्किएपछि उक्त घटनाको पर्दाफास भएको समाचारमा जनाइएको छ । सीमा नाकामा सशस्त्र सिमा बल (एसएसबी) को स्रोतहरूले खुलासा गर्यो की तीनै जनाले नक्कली आधार कार्ड प्रयोग गरेर भारत प्रवेश गर्ने प्रयास गरेका…