05
Jun
जील्ला पञ्चायत उपाध्यक्ष पाकिम जील्ला श्रीमती प्रभा प्रधान र छलमथाङ पाचेखानी ग्राम पञ्चायत इकाईको आयोजनामा आज पूर्व सिक्किमको पाकिम जील्लामा स्थापित पाचेखानी बहुउद्देश्यीय सामुदायिक भवनको प्रेक्षालयमा विश्व पर्यावरण दिवस सम्पन्न भयो ।कार्यक्रमको प्रथम चरणमा मुख्य अतिथि लगायत विशिष्ट अतिथिहरुको सक्रिय सहभागीमा सामुदायिक भवन परिसरमा वृक्षारोपण सम्पन्न गरियो। कार्यक्रम छलमथाङ पाचेखानी ग्रामका १०३ वर्षीय जेष्ठ नागरिक चन्द्र दास बस्नेतको मुख्य आतिथ्यमा सम्पन्न भएको थियो।विशिष्ट अतिथिमा शिक्षा विभाग, वन विभाग, खाद्य विभागका पदाधिकारीगण, विभिन्न विद्यालयलाई प्रतिनिधित्व गरि आउनुभएका प्रधानाध्यापक, प्रिन्सिपल, शिक्षक शिक्षिका, विद्यार्थी छात्र छात्रा, स्थानीय पञ्चायत, अन्य ग्राम पञ्चायत इकाईका पञ्चायत प्रतिनिधि लगायत गाउँका जेष्ठ एवम् युवा नागरिकहरुको उपस्थिति रहेको थियो…
