24
May
नेपाली साहित्य परिषद् सिक्किमले शुक्रवार पूर्व सिक्किमको रिनाकमा प्रथम साहित्य कला संगम कार्यक्रम आयोजन गरेर सिक्किमेली साहित्यका शिखर पुरुष एवम् वेदान्ताचार्य स्वर्गीय यूसी वशिष्ठलाई सम्झना गरेको छ। राजधानीदेखि बाहिर जिल्लाहरूमा पनि आफ्नो साहित्यिक एवम् सांस्कृतिक गतिविधिहरूलाई बढाएर लैजाने उद्देश्यका साथ साहित्य परिषद्ले प्रथमपल्ट रिनाक सरकारी महाविद्यालयमा साहित्य कला संगम एवम् उदयचन्द्र वशिष्ठ स्मृतिग्रन्थ लोकार्पण समारोह आयोजन गरेको थियो। साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न समारोहमा असमका साहित्यकार दुर्गादत्त गौतम मुख्य अतिथि रहेका थिए। पाकिम जिल्लाका साहित्यकारहरू र रिनाक महाविद्यालयका विद्यार्थीहरूको समागममा संस्कृत भाषाका मर्मज्ञ एवम् वेदान्ताचार्य यूसी वशिष्ठको स्मृतिमा प्रकाशित ग्रन्थको लोकार्पण गरियो। वशिष्ठ परिवारको पहलमा उक्त ग्रन्थको प्रकाशन…
