12
Sep
तादोङ कलेजमा ३४औँ नेपाली भाषा मान्यता दिवस सम्पन्नगान्तोक १२ सेप्टेम्बर । नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङले नेपाली विभागसँगको सहकार्यमा ३४औँ नेपाली भाषा मान्यता दिवस १२ सेप्टेम्बर २०२५, शुक्रबारका दिन भव्य रूपमा सम्पन्न गर्यो। यस कार्यक्रमलाई महाविद्यालयको शैक्षिक वार्षिक कार्यतालिकाअन्तर्गत सञ्चालन गरिएको हो, जसको उद्देश्य भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषा सूचीकृत भएको ऐतिहासिक उपलब्धिलाई स्मरण गर्नु हो। कार्यक्रमका मुख्य अतिथि सिक्किम अकादमीका अध्यक्ष तथा नेपाली भाषा मान्यता आन्दोलनका अग्रणी व्यक्तित्व एस आर सुब्बा थिए। सो अवसरमा प्रख्यात साहित्यकार, साहित्य अकादमी पुरस्कार विजेता, नेपाली भाषा परामर्श समितिका संयोजक तथा मुख्यमन्त्री कार्यालय, सिक्किमका प्रमुख सचिव डा शङ्करदेव ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित…
