‘दार्जीलिङको चाैरस्ता जोगाउन अजय एडवर्ड्सको पहल,मन्त्री दिलीप घोषलाई ज्ञापनपत्र;‘गोर्खा नारी उद्यम मेला’ आयोजना गर्न प्रस्ताव……चाैरस्ताबाट सारस मेला अन्यत्र सार्न माग,पहाडका महिला उद्यमी र ग्रामीण कारीगरका उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउने योजना अघि सारियो,दार्जीलिङको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको चौकास्ताको संरक्षण गर्नुपर्ने मागसहित एडवर्ड्स फाउन्डेसनका अजय एडवर्ड्सले पश्चिम बंगाल सरकारका पञ्चायत तथा ग्रामीण विकास विभागका मन्त्री दिलीप घोषसँग भेट गरी ज्ञापनपत्र बुझाएका छन्।

भेटका क्रममा उनले चाैरस्तामा सारस मेला तथा यस्तै प्रकृतिका ठूला कार्यक्रम आयोजना गर्दा स्थानीय बासिन्दाले भोग्नुपरेका समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराउँदै पहाडका महिला उद्यमी,ग्रामीण कारीगर तथा स्वयं सहायता समूहका सदस्यहरूलाई आर्थिक रूपमा सबल बनाउने विभिन्न प्रस्ताव समेत अघि सारेका छन्।अजय एडवर्ड्सले बुझाएको ज्ञापनपत्रमा दार्जीलिङको चाैरस्तालाई सुरक्षित राख्दै स्थानीय उत्पादन,हस्तकला र पहाडी समुदायका उद्यमशीलतालाई प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरिएको छ।उनले मेलाको आयोजना र स्थानीय बासिन्दाको सुविधा बिच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन्।’चाैरस्ताको मौलिकता र जनसुविधा जोगाउन माग,दार्जीलिङको चाैरस्ता केवल पर्यटकीय स्थल मात्र नभएर स्थानीय बासिन्दाको दैनिक जीवन,सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण सार्वजनिक स्थल हो।यहाँ स्थानीय मानिसहरू बिहान-बेलुका हिँडडुल गर्न, व्यायाम गर्न,प्रार्थना गर्न,साथीभाइसँग भेटघाट गर्न तथा शान्त वातावरणमा समय बिताउन आउने गर्छन्। विशेषगरी ज्येष्ठ नागरिकहरूका लागि चाैरस्ता दैनिक शारीरिक अभ्यास,मानसिक सन्तुष्टि र सामाजिक सम्पर्कको महत्त्वपूर्ण केन्द्र रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।तर,चाैरस्तामा पटक-पटक विभिन्न मेला तथा ठूला कार्यक्रम आयोजना गर्दा त्यहाँ पसल र स्टलहरू राखिने भएकाले स्थानीय बासिन्दाको नियमित गतिविधि प्रभावित हुने गरेको एडवर्ड्सको भनाइ छ। यसले चाैरस्ताको मौलिक वातावरण र सार्वजनिक स्थलका रूपमा रहेको यसको महत्त्वमा समेत असर पार्ने चिन्ता व्यक्त गरिएको छ।सरकार परिवर्तनसँगै स्थानीय नागरिकका लामो समयदेखिका गुनासो र मागलाई संवेदनशीलताका साथ सम्बोधन गरिने अपेक्षा गरिएको पनि ज्ञापनपत्रमा उल्लेख छ।’सारस मेला भानु भवन वा उपयुक्त अन्य स्थलमा सार्न आग्रह,अजय एडवर्ड्सले चाैरस्तामा सारस मेला आयोजना गर्नुको सट्टा अन्य उपयुक्त स्थानमा मेला सञ्चालन गर्न सरकार समक्ष आग्रह गरेका छन्।उनले दार्जीलिङको भानु भवन वा अन्य कुनै उपयुक्त मैदान अथवा प्रतिष्ठानलाई वैकल्पिक स्थलका रूपमा छनोट गर्न सकिने प्रस्ताव राखेका छन्। तर, त्यस्तो स्थल छनोट गर्दा स्थानीय बासिन्दासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्ने उनको सुझाव छ।यसरी उपयुक्त स्थानमा मेला आयोजना गर्न सके स्थानीय कारीगर,महिला उद्यमी र स्वयं सहायता समूहका सदस्यहरूले आफ्ना उत्पादन बिक्री गर्ने अवसर पाउनेछन् भने चाैरस्तालाई पनि सर्वसाधारणका लागि खुला र सहज रूपमा उपयोग गर्न सकिनेछ।उनले मेला आयोजना गर्ने विषयमा स्थानीय नागरिकको भावना र आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।’‘गोर्खा नारी उद्यम मेला’ नामकरण गर्ने प्रस्ताव,ज्ञापनपत्रको अर्को महत्त्वपूर्ण पक्ष पहाडमा आयोजना हुने आगामी मेलाहरूलाई ‘गोर्खा नारी उद्यम मेला’ नाम दिएर सञ्चालन गर्न सकिने प्रस्ताव हो।यस नाम मार्फत पहाडी क्षेत्रका महिला उद्यमीहरूको क्षमता,सीप,सिर्जनशीलता र आर्थिक योगदानलाई विशेष रूपमा उजागर गर्ने उद्देश्य राखिएको छ। स्थानीय महिलाहरूले उत्पादन गरेका हस्तकलाका सामग्री,परम्परागत वस्तु, घरायसी उत्पादन तथा पहाडी समुदायको पहिचान झल्काउने सामग्रीलाई मेलाको प्रमुख आकर्षण बनाउन सकिने प्रस्ताव गरिएको छ।यसबाट मेलालाई केवल किनबेच गर्ने कार्यक्रमका रूपमा सीमित नराखी स्थानीय महिला उद्यमशीलता,ग्रामीण अर्थतन्त्र र पहाडी संस्कृतिको प्रवर्द्धन गर्ने माध्यमका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।’नागरिक समिति गठन गरी मेला सञ्चालन गर्न सुझाव,मेला आयोजना र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन अजय एडवर्ड्सले स्थानीय नागरिकको सहभागितामा समिति गठन गर्नुपर्ने प्रस्ताव पनि राखेका छन्।यस्तो समितिमा महिला उद्यमी, ग्रामीण कारीगर, स्वयं सहायता समूहका प्रतिनिधि तथा स्थानीय बासिन्दालाई समावेश गर्न सकिनेछ। समितिले मेलाको स्थल छनोट, व्यवस्थापन, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणसम्बन्धी विषयमा सरकारलाई सुझाव दिन सक्नेछ।विशेषगरी पहाडका दुर्गम तथा ग्रामीण क्षेत्रका कारीगरहरूले पनि मेलामा सहभागी हुने समान अवसर पाउनुपर्नेमा उनले जोड दिएका छन्। प्रायः बजार र ठूला कार्यक्रमसम्म पहुँच पुग्न नसक्ने ग्रामीण उत्पादकहरूलाई उचित स्थान र अवसर उपलब्ध गराउन सके उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने विश्वास व्यक्त गरिएको छ।’सात वर्षदेखि ग्रामीण कारीगर र उद्यमीसँग काम गर्दै एडवर्ड्स फाउन्डेसन,ज्ञापनपत्रमा एडवर्ड्स फाउन्डेसनले विगत सात वर्षदेखि पहाडका उद्यमी तथा ग्रामीण कारीगरहरूसँग सहकार्य गर्दै आएको जानकारी दिइएको छ।फाउन्डेसनसँग आबद्ध उद्यमी तथा कारीगरहरूको संयुक्त वार्षिक बिक्री हाल १ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको उल्लेख गर्दै अजय एडवर्ड्सले स्थानीय उत्पादनको बजार विस्तारका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन्।स्थानीय उत्पादनको गुणस्तर र मौलिकतालाई बजारसँग जोड्न सके पहाडका ग्रामीण समुदायमा रोजगारी र आम्दानीका थप अवसर सिर्जना गर्न सकिने उनको विश्वास छ।उनले पश्चिम बंगालका विभिन्न सहरदेखि देशका अन्य भागसम्म पहाडी उत्पादनको बजार विस्तार गर्न फाउन्डेसनले सहयोग गर्न सक्ने प्रस्तावसमेत अघि सारेका छन्।’पहाडी उत्पादनलाई स्थायी बजार उपलब्ध गराउन माग,अजय एडवर्ड्सले स्थानीय कारीगरहरूले तयार पारेका उत्पादनका नमुनासमेत मन्त्रीसमक्ष प्रस्तुत गरेका छन्। स्थानीय उत्पादनलाई केवल मेला र प्रदर्शनीका अवसरमा मात्र बिक्री गर्ने व्यवस्थाले दीर्घकालीन आर्थिक लाभ दिन नसक्ने उल्लेख गर्दै उनले स्थायी बिक्री केन्द्र स्थापना गर्नुपर्ने माग गरेका छन्।उनका अनुसार दार्जिलिङ र पहाडका प्रमुख सहरी क्षेत्र तथा बजारहरूमा स्थानीय उत्पादन बिक्री गर्ने छुट्टै स्थान उपलब्ध गराउन सकिन्छ। यसबाट दार्जिलिङ घुम्न आउने पर्यटकहरूले स्थानीय रूपमा निर्मित स्मरणिका, हस्तकलाका सामग्री र अन्य पहाडी उत्पादन सहजै खरिद गर्न सक्नेछन्।त्यसैगरी, सरकारले सञ्चालन गर्ने तथा पहिले ‘बिस्वा बाङ्ला’ नामले चिनिएका बिक्री केन्द्रहरूमा पनि पहाडी उत्पादन राख्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।यसका अतिरिक्त विमानस्थल, प्रमुख पर्यटकीय स्थल, कोलकाता तथा पश्चिम बंगालका अन्य सहरका उपयुक्त व्यापारिक केन्द्र र खुद्रा बिक्री स्थलहरूमा स्थानीय उत्पादनको पहुँच विस्तार गर्न सरकारसँग आग्रह गरिएको छ।यस्तो व्यवस्था कार्यान्वयन हुन सके ग्रामीण कारीगरहरूले नियमित रूपमा आफ्ना उत्पादन बिक्री गर्न पाउनेछन्। यसबाट उनीहरूको आम्दानीमा स्थायित्व आउनुका साथै पहाडी हस्तकला र परम्परागत सीपले राज्य तथा राष्ट्रिय स्तरमा व्यापक पहिचान प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।’मन्त्रीलाई दार्जिलिङ भ्रमणको निम्तो,अजय एडवर्ड्सले मन्त्री दिलीप घोषलाई दार्जिलिङको सुन्दर मौसममा पहाड भ्रमण गर्न निमन्त्रणा पनि दिएका छन्। भ्रमणका क्रममा स्थानीय महिला उद्यमी तथा ग्रामीण कारीगरहरूसँग प्रत्यक्ष भेटघाट गराई उनीहरूले उत्पादन गर्दै आएका सामग्री, सामना गरिरहेका चुनौती र बजारको आवश्यकताबारे जानकारी गराउन आफूहरू इच्छुक रहेको उनले बताएका छन्।स्थानीय उत्पादकहरूको वास्तविक अवस्था बुझेर उनीहरूका आवश्यकता र सम्भावनाका आधारमा योजना तयार गर्न सकिए सरकारी पहल अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।’स्थानीय जनताको भावना र ग्रामीण अर्थतन्त्रलाई सँगसँगै अघि बढाउने प्रयास,अजय एडवर्ड्सले मन्त्रीसमक्ष बुझाएको ज्ञापनपत्रले दार्जिलिङको सार्वजनिक स्थल संरक्षण र पहाडका ग्रामीण समुदायको आर्थिक विकासलाई एउटै योजनासँग जोड्ने प्रयास गरेको देखिन्छ।एकातिर चाैरस्ता जस्तो महत्त्वपूर्ण सार्वजनिक स्थललाई स्थानीय बासिन्दाका लागि सुरक्षित र सहज राख्नुपर्ने माग छ भने अर्कोतिर पहाडका महिला उद्यमी तथा ग्रामीण कारीगरका उत्पादनलाई स्थायी बजार उपलब्ध गराएर उनीहरूको जीविकोपार्जन बलियो बनाउने प्रस्ताव अघि सारिएको छ।अब यी प्रस्तावलाई सरकारले कसरी ग्रहण गर्छ र स्थानीय नागरिक, कारीगर तथा उद्यमीहरूसँग कस्तो परामर्श प्रक्रिया अघि बढाउँछ भन्ने विषय महत्त्वपूर्ण रहनेछ।अजय एडवर्ड्सले मन्त्री दिलीप घोषसँगको भेट तथा ज्ञापनपत्रमार्फत स्थानीय जनताको भावना, चौकास्ताको संरक्षण र पहाडको आर्थिक सम्भावनालाई प्राथमिकतामा राखेर आवश्यक पहल गर्न आग्रह गरेका छन्।
