सिलगढीको भेगा सर्कल मलबाट खसेर १९ वर्षीय आयुष चौधरीको मृत्यु

सिलगढीस्थित चेक पोष्ट नजिकै सेभोक रोडमा रहेको भेगा सर्कल मलको चौथो तल्लाबाट खसेर १९ वर्षीय आयुष चौधरीको मृत्यु भएको छ। पुलिस स्रोतका अनुसार मृतक डन बोस्को कोलोनीका बासिन्दा थिए।

प्राप्त जानकारीअनुसार, घटना भएपछि गम्भीर अवस्थामा रहेका आयुषलाई तत्काल नजिकैको आनन्दलोक नर्सिङ होममा पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।

घटनाबारे भक्तिनगर थानाको पुलिसले जाँच गरिरहेको छ। आयुष कसरी मलको चौथो तल्लाबाट खसे भन्ने विषयमा पुलिसले विभिन्न पक्षबाट छानबिन गरिरहेको छ।

घटना दुर्घटनावश भएको हो वा यसको पछाडि अन्य कुनै कारण छ भन्नेबारे स्पष्ट हुन सकेको छैन। पुलिसले घटनास्थलमा जडान गरिएका सीसीटीभी क्यामेराका फुटेज जाँच गरी घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेको छ।

घटनाबारे पुलिसको जाँच जारी रहेको छ।

By Admin_Pratibeemba

Leave a Reply

Your email address will not be published. Required fields are marked *