बन्दे भ्यू पोइन्टमा सशस्त्र सिमा बल 69 औं बाहिनीले चलायो सफाई अभियान।
69 औं बाहिनी सशस्त्र सिमा बल एसएसबी पाक्योङ (सिक्किम) द्वारा “मेरी लाइफ” मिशन अन्तर्गत सिक्किम राज्यका स्वतन्त्रता सेनानी वन्दे पोखरेलको नाममा स्थापित बन्दे भ्यू पोइन्ट वृहत सफाई अभियान सञ्चालन गर्यो ।
जस अन्तर्गत सेनाका कर्मचारीहरू र स्थानीयहरू मामरिङ, ढाडगाउँ, ताक्छाङ , तारेथाङका नागरिकको पनि सरसफाई अभियान अवधि उपस्थिति रहेको थियो । यस अवधिमा ६९ औं वाहिनी एस. एस. बि. कमाण्डेन्ट श्री अमित सिंह, स्वयम्सिद्धा अध्यक्ष श्रीमती सञ्जु सिंह, डेपुटी कमाण्डेन्ट श्री सरोज उपाध्याय, अम्बा मामरिङ की पञ्चायत उपाध्यक्ष श्रीमती बी. के रसाईली, स्थानीय समाजसेवी श्री शान्तिप्रसाद सापकोटा, सञ्चारकर्मी लगायत स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।
सरसफाई पछि स्थानीय नागरिकले यसको प्रशंसा गर्दा वाहिनीका कमाण्डेन्ट श्री अमित सिंहले भने कि मिशन “मेरी लाइफ” भारत सरकार द्वारा सञ्चालित अभियान हो, जस अन्तर्गत वाहिनीले जुन 5, 2024 सम्म विभिन्न स्थानहरूमा विभिन्न गतिविधिहरू आयोजना गर्नेछ।
योग, सरसफाई अभियान, चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिनेछ ।



