आज दिउँसो लगभग 3 बजी एक युवकले टिस्टा नदीमा हाम्फालेर ज्यान फालेका छन्। टिस्टामा केही समय अघिसम्म फोनमा कुरा गरिहेको युवकले एका एक नदीमा हाम फाले पछि नदीको तेज बहाउले बगाएको एनएच 10 मा यात्रारत प्रत्यक्षदर्शीहरूले बताएको छ। युवकले अचानक आत्महत्या गर्ने निर्णय किन गऱ्यो पत्तोफाँट लागेको छैन। प्राप्त जानकारी अनुसार युवक पेशोक निवासी राजेश गजमेर हुन्। समाचार लेखुञ्जेल टिस्टा रङ्गी रेस्क्यु टीमले खोजी अभियान शुरु गरिसकेको छ। यसैगरि कालेबुङ पुलिसले पनि सूचना पाएपछि कार्वाही शुरु गरेको छ भने युवकको चिनो पाइएको छैन। टिस्टाको उर्लन्दो भेलले बगाएपछि हेर्दा हेर्दै युवक पानीमा डुबेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

