१०३ वर्षीय जेष्ठ नागरिकको अध्यक्षतामा छलमथाङ पाचेखानीमा सम्पन्न भयो विश्व पर्यावरण दिवस ।स्थानीय भेकका जेष्ठ नागरिकहरु सम्मानित साथै वृक्षारोपण

जील्ला पञ्चायत उपाध्यक्ष पाकिम जील्ला श्रीमती प्रभा प्रधान र छलमथाङ पाचेखानी ग्राम पञ्चायत इकाईको आयोजनामा आज पूर्व सिक्किमको पाकिम जील्लामा स्थापित पाचेखानी बहुउद्देश्यीय सामुदायिक भवनको प्रेक्षालयमा विश्व पर्यावरण दिवस सम्पन्न भयो ।
कार्यक्रमको प्रथम चरणमा मुख्य अतिथि लगायत विशिष्ट अतिथिहरुको सक्रिय सहभागीमा सामुदायिक भवन परिसरमा वृक्षारोपण सम्पन्न गरियो।

कार्यक्रम छलमथाङ पाचेखानी ग्रामका १०३ वर्षीय जेष्ठ नागरिक चन्द्र दास बस्नेतको मुख्य आतिथ्यमा सम्पन्न भएको थियो।
विशिष्ट अतिथिमा शिक्षा विभाग, वन विभाग, खाद्य विभागका पदाधिकारीगण, विभिन्न विद्यालयलाई प्रतिनिधित्व गरि आउनुभएका प्रधानाध्यापक, प्रिन्सिपल, शिक्षक शिक्षिका, विद्यार्थी छात्र छात्रा, स्थानीय पञ्चायत, अन्य ग्राम पञ्चायत इकाईका पञ्चायत प्रतिनिधि लगायत गाउँका जेष्ठ एवम् युवा नागरिकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम अवधि छलमथाङ पाचेखानी ग्राम पञ्चायत इकाईका जेष्ठ नागरिकहरुलाई अभिनन्दन गरियो ।

यस अवधि हाजिरी जवाफ प्रतियोगिता, वक्तित्वकला प्रतियोगिता अथवा तत्कालीन वक्तव्य प्रतियोगिता लगायत का कार्यक्रम सञ्चालन गरिएको थियो जसमा दिक्लिङ बरिष्ठ माध्यमिक विद्यालय, रोडाथाङ बरिष्ठ माध्यामिक विद्यालय, पाचेखानी माध्यामिक विद्यालय, पाचेखानी संस्कृत पाठशाला, सरस्वती विद्या निकेतन, डुगालाखा निम्न माध्यमिक विद्यालयमा विद्यालय , एल्वेथल एकाडेमी पाकिम आदिले आफ्नो सहभागिता जनाएका थिए ।

पूर्वाधार निर्माण र विकासका कारण जमिनको उर्वराशक्ति घटेको छ वा छैन भन्ने शिर्षकमा सम्पन्न तर्क प्रतियोगितामा दिक्लिङ बरिष्ठ माध्यमिक विद्यालय र रोडाथाङ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरुले तड्कारो रुपमा आफ्ना तर्कहरू प्रस्तुत गरेका थिए । फलस्वरूप उत्कृष्ट तर्क प्रस्तुत गरि रोडाथाङ वरिष्ठ माध्यमिक विद्यालयले यो तर्क प्रतियोगिताको उपाधि हासिल गरेको थियो ।
कार्यक्रम अवधि पाचेखानी एवम् रोडाथाङ भेगमा अवस्थित विभिन्न फार्मा कम्पनीहरु, आशा कर्मचारी महिला, स्वयम सहायता समुहका महिला संघसंस्थालाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम अवधि ICAR गान्तोकका वैज्ञानिक डक्टर देवदास द्वारा जलवायु परिवर्तन सम्बन्धी पावर पोइन्ट प्रेजनटेसन प्रस्तुत गरेका थिए ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *