पानीटँकी खरिबारी क्षेत्रबाट लागुऔषधसहित दम्पती पक्राउ । पुलिसले लागुऔषध सहित नगद पनि गर्यो बरामद ।

खरिबारीको पानीटङ्की क्षेत्रमा लागुऔषधसहित नीलकण्ठ बर्मन र रञ्जना बर्मन दम्पती पक्राउ परेका छन् ।
पानीटँकी नजिकै रहेको गोन्डोगोल जोतमा रहेको एक घरमा शुक्रबार पानीटँकी थानाबाट पुलिसले छापा मारेको बताइएको छ । छापा मार्दा पुलिस अधिकारीहरूले २२ ग्राम ब्राउन सुगर, १४ बोतल प्रतिबन्धित कफ सिरप र १ लाख १३ हजार नगद बरामद गरेका छन् ।
पक्राउ परेका दम्पतीलाई शनिबार सिलगढी उप-विभागीय अदालतमा पेश गरियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *