नेशनल हाइवे -२९ को कोहिमा जिल्ला अन्तर्गत जुब्जा पूलको छेउमा गएको पैर्होमा केही मात्रामा सुधार

नेशनल हाइवेमा केही सुधार भएको खबर

कोहिमा /नेशनल हाइवे -२९ को कोहिमा जिल्ला अन्तर्गत जुब्जा पूलको छेउमा गएको पैर्होमा केही मात्रामा सुधार भएको खबर छ ।
प्राप्त समाचार अनुसार अहिलेसम्म सानो र हल्का गाडीहरु भने आवतजावतको लागि one way route को रूपमा शुरु गरेको खबर छ ।
विभिन्न संचार माद्यमबाट प्राप्त समाचार अनुसार आगामी केही दिन अझै लाग्ने संभावना रहे बताएका छ ।
एउटा विशेष सुत्रबाट प्राप्त समाचार अनुसार भने निरन्तर रूपमा लेदो र पानीको बहावले गर्दा काममा निरंतरता दिनमा बाधा आएको खबर छ ।
नेशनल हाइवे इन्फ्रासटज्चर एवं डिभेलपमेन्ट लिमिटेडको भनाइ अनुसार समयमा दिएको अर्को कम्पनीले काम नगरेको कारणले गर्दा हामीले आज रातदिन जुट्नु परेको र गाडीको आवतजावतमा बाधा आएको हो ।
उनले अगाडि थपे कि हाम्रो प्रयास जल्दी भन्दा जल्दी हाइवेको सफाइ गरेर जनतालाई राहत पुर्याउनु हो ।
स्मरण रहोस करीब पन्द्रह दिन जति भयो ।कोहिमा जिल्ला अन्तर्गत जुब्जा पुलको छेउमा पैर्होले गर्दा इम्फाल -दिमापूर नेशनल हाइवे २९ मा आवतजावत बन्द भएको ।सरकारले सक्दो निरीक्षण पनि गरेको फेरि पनि सुधार हुन नसक्नु एउटा कथा भएको छ ।जो आउने भविष्यले बताउने छ ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *